विनयको बिकिनी गर्ल हंगामा



जान्नेले जे गरे पनि हुन्छ, उफ्रिने त नजान्नेहरु हो । हुइयाँको प्रिय हिरो विनय श्रेष्ठ आफ्नै लगानीमा बनेको फिल्म रोमियो एन्ड मुनाको कार्यक्रममा बिकिनीधारी दुई युवतीलाई अंकमाल गर्दै कार्यक्रमस्थलमा प्रवेश गरे ।

प्रचारका लागि यस्तो तरिका पहिले कहिले नजानेकाहरुले यसलाई सस्तो प्रचार भनिदिए, हुइयाँको भने मन दुखेर आयो ।

फिल्मको नाम नै रोमियो एन्ड मुना छ । त्यसमाथ त्यसमा रहेको गीत स्यान्डविच बोलको गीत सार्वजनिक गर्ने कार्यक्रम छ । त्यस्तो कार्यक्रममा विनय बिकनीधारी नारी लिएर नआए के सारीवाली खोज्नतिर लागुन् त ? हुइयाँले मात्र बुझेको छ ।

रिलिजअघिकै कार्यक्रममा यस्तो हतकण्डा अपनाए पो त्यो फिल्मप्रति सबैको चासो हुन्छ । सादा हिसाबले कार्यक्रम गरे कसको आँखा जान्छ र ?

यो अदृश्य प्राणी हुइयाँले समेत बुझेको यति सामान्य कुरा, अरुले नबुझेको देखेर हुइयाँ चकित खाएको छ । यति जाबो पनि नगरे नेपाली फिल्म हलिउड र बलिउडको दाँजोमा कहिले पुग्ने ? कि कसो मिस्टर विनय ?

प्रतिक्रिया दिनुहोस्