निशाको आमा पोस्ट



हुइयाँलाई पर्नु पीर परेको छ । नायिका निशा अधिकारी गर्भवती भएपछि यो हुइयाँलाई पीर परेको हो । पीर पर्नुको कारण उनी गर्भवती भएकाले होइन । गर्भवती भएपछि उनीजस्ती होनहार नायिकाको फिल्म केही समय हेर्न नपाइने भयो भन्ने कुराले यो हुइयाँलाई पीर परेको हो ।

तर, हुइयाँलाई उनको फिल्म हेर्न नपाइने कुराले जति पीर परेको छ, त्यति नै खुसी लागेको छ कि गर्भवती भएपछि निशा खुसी छिन् । उनले आफ्नो फेसबुकमा तस्वीर र स्टाटस लेखेर गर्भवती भएको खुसी शेयर गरेकाले हुइयाँ खुसी भएको हो । नेपाली क्रिकेट टोलीका खेलाडी शरद् भेषवाकरसँग प्रेम र त्यसपछि विवाह गरी घरजम बसाएकी निशाले आफ्नो पेटमा ५ महिनाको बच्चा रहेको जानकारी गराउँदै एक हातले पेट छोएको तस्वीर पोस्ट गरेपछि उनको यो खुसीमा हुइयाँ पनि खुसी भएको हो ।

प्रतिक्रिया दिनुहोस्