सन्तोष पन्तको हिजोआजका कुरा अब फिल्ममा



झन्डै २५ वर्षअघि नेपाल टेलिभिजनबाट प्रसारण शुरु भएको हास्य टेलिशृंखला हिजोआजका कुरा अब फिल्ममा आउने भएको छ। हास्यव्यग्य अभिनेता सन्तोष पन्त निर्देशित उक्त शृंखला टेलिभिजनमा ७ सय ७६ भाग प्रसारणपश्चात् बन्द भएको थियो।

फिल्म भने सन्तोषका छोरा साकार पन्तले निर्देशन गर्दै छन्। उनले यसअघि थुप्रै वृत्तचित्र तथा विज्ञापन फिल्म निर्देशन गर्दै आएका छन्। हिजोआजका कुराका दर्शकका लागि लक्षित गर्दै फिल्म निर्माण गर्न लागिएको साकारले बताए। सन्तोष पन्त र साकार पन्तको कथा रहेको फिल्ममा लेखन सन्दीप किस्नाको लेखन रहनेछ। काठमाडौंका ४ परिवारको पारिवारिक समस्या र संघर्षजस्ता विषयमा केन्द्रित हुने भनिएको फिल्म पन्त फिल्म प्रोडक्सनकोे ब्यानरमा बन्न लागेको हो।

फिल्ममा सन्तोष पन्त, नितेशराज पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेबिका कार्की, रमेश अधिकारी, सविन शाक्यसँगै नवकलाकारद्वय विनायक कुइँकेल, अनुष्का घिमिरेलगायतको अभिनय रहनेछ। फिल्ममा हर्कुलस बस्नेतको संगीत र रवि सायमीको छायांकन रहनेछ।

फिल्म छठपछि सुटिङ फ्रलोरमा जानेछ।

प्रतिक्रिया दिनुहोस्