फिल्ममा जीवन काँडा कि फूल



साहित्यकार झमककुमारी घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित फिल्म जीवन काँडा कि फूल निर्माण गरिएको छ। यो फिल्म आगामी कात्तिक २२ गते अल नेपाल रिलिज हुने भएको छ।

विनोद विष्टको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलगडीकी अवस्था थापा र ठूला हुँदाको भूमिकामा काठमाडौंकी रोजिता वुद्धाचार्यले अभिनय गरेका छन्। त्यस्तै झमककी बहिनीको भूमिकामा बालकलाकार स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारले यसमा अभिनय गरेका छन्।

झमक घिमिरेको कथा र मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ। प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर र मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन्। शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्ममा बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम सहनिर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्