बिहेबिनै खुसी हलिउडका स्टार



मानिस खुसी हुन विवाह गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । तर हलिउडका प्रख्यात सेलिब्रेटीहरु विवाहबिना नै खुसी देखिएका छन् । पिरे ब्रोसनान, म्याडोना, जोनी डिपजस्ता हलिउडका स्टारहरु विवाहबिना नै हाँसो खुसी भएर हिँडेको देख्दा आम मानिसको मनमा कौतुहल जाग्नु स्वाभाविकै हो ।

हालै मात्र अमेरिकाको प्रख्यात म्यागजिन पिपुल्सले हलिउडका स्टारहरु लामो समयदेखि नै एकल जीवन बिताउँदै आइरहेको चर्चा गरेको छ । पिपुल्सको रिपोर्टअनुसार उनीहरु आप्mनो जीवनप्रति सन्तुष्ट र खुसी पनि छन् । त्यसमा पनि केही जोडी सँगै बस्छन् तर पति पत्नी भने होइनन् । त्यसै गरी अभिनेत्री सुसन सारान्डन र अभिनेता टिम रोविन्सले आफ्नो २३ वर्षे वैवाहिक जीवन त्यागेका छन् । उनीहरुका दुई सन्तान छन् । यस्तै अभिनेत्री माइली साइरस र लियाम होम्सवर्थ विवाहको ८ महिनापछि हालै छुट्टिएका छन् ।

फिल्मी क्षेत्रमा रहेका धेरै कलाकारले विभिन्न किसिमका बाध्यतामा विवाह तोड्न नसकेका सत्य तथ्य पनि छ । तर यी कलाकारलाई विवाह गर्नु र नगर्नुमा केही पनि फरक नभएको पिपुल्स म्यागजिनले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्