यौनकी प्रतीक म्याडोना



कुनै समय आफ्नो कामुक हाउभाउ र स्वरले विश्वमा करोडौं युवाको ढुकढुकी बनेकी म्याडोना केही वर्षदेखि अमेरिकी नागरिकता त्यागेर पोर्चुगलमा बस्न थालेकी छिन् ।

उनी सन् २०१७ देखि पोर्चुगलमा आफ्नो पोर्चुगल प्रेमी केभिन सिम्फियोसँग बसिरहेकी छिन् । हालै मात्र म्याडोना एक्स एल्बम निकालेर विल बोर्ड चार्टको प्रथम स्थान हासिल गरी तहल्का मचाएकी म्याडोनाले आफ्नो व्यक्तिगत जीवनका बारेमा भनेकी छिन्– ‘म छोरा डेबिडका लागि पोर्चुगल आएकी हुँ ।

छोरा डेबिड भविष्यमा फुटबलर बन्न चाहन्छ । उनी अहिले लगातार यही लिस्वनको एकेडेमीमा प्रशिक्षण लिइरहेका छन् । म अहिले विवाह नगरीकन नै खुसी छु । म मेरो प्रेमी केभिनसँग यतै लिस्वनमा रमाइरहेकी छु । विवाह गर्दा धेरै पीडा हुन्छ । त्यसैले मैले प्रेमीसँग मात्र बसेकी छु । विवाह अब मेरो प्राथमिकता रहेन ।’

प्रतिक्रिया दिनुहोस्