मदिरा प्रेमी ब्रिटनी र साम असहरी



गायिका ब्रिटनी स्पेयर्स हालै ३६ वर्ष पुगेकी छिन् । दुई पटकसम्म पति र प्रेमीसँग सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी ब्रिटनी नयाँ प्रेमिका कारण पुनः चर्चामा आएकी छिन् ।

गायिका ब्रिटनी साम असहरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । ब्रिटनीलाई हालै मात्र लस भेगसमा अत्याधिक मदिरा पिएर नियन्त्रणमा लिन नसक्दा प्रहरीकै सहारा लिनुपरेको थियो ।

हाल विवाह नगर्ने र सँगै बस्ने मात्र सोच लिएकी ब्रिटनी भविष्यमा के गर्ने सोच बनाएकी छिन् ? ‘मसँग अहिले दुई बच्चा छन् । तत्कालै वैवाहिक जीवन बिताउन चाहन्नँ । म अहिले जे छु, त्यसैमा सन्तुष्ट छु ।’ –उनले प्रस्ट पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्