ब्राड पिट र एन्जोलिना जोली



सन् २००५ देखिसँगै बस्दै आएका ब्राड पिट र एन्जोलिना जोली छुट्टिन लागेको हल्ला लामो समयसम्म चल्दै आए पनि अन्ततः सन् २०१९ मा कानुनीरुपमा छुट्टिए ।

यो जोडीले वैवाहिक सम्बन्ध लामो समयसम्म कायम राख्न सकेन । अहिले एन्जोलिना जोली आफूले गरेको विवाह नै आफ्नो जिन्दगीको सबैभन्दा नराम्रो निर्णय भएको अनुभव गर्दै छिन् । एन्जोलिना जोलीका ६ सन्तान छन् । तीमध्ये केही उनले जन्माएकी हुन् भने केही धर्म पुत्रपुत्रीका हैसियतमा पालेकी हुन् । सम्बन्ध विच्छेद भएपछि यी दुवैको अभिनय यात्राले गति लिएको छ ।

‘अब म स्वतन्त्र भएकी छु । सायद अब म विवाह गर्दिनँ होला । मेरो तेस्रोपटक विवाह असफल भएपछि म निकै सचेत भएकी छु । आपसी समझदारी कायम नहुँदा नै विवाह असफल हुने गर्छन् । जहाँसम्म यौनको सवाल छ, यौनमा म निकै उदार छु । मन मिलेको मान्छेसँग यौन सम्पर्क गर्दा खासै फरक पर्दैन । मैले सम्बन्ध विच्छेदपछि कति जनासँग यौन सम्पर्क राखें भन्ने कुराको पछाडि म लाग्दिनँ । म अहिले निकै कामुक पनि भएकी छु ।’ –एन्जोलिनाले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्