मेगान फक्स कुमारी ठानिँदा दिक्क



दर्शक तथा शुभचिन्तकले आफूलाई कुमारी ठानिदिँदा हलिउड अभिनेत्री तथा मोडल मेगानलाई वाक्क दिक्क लाग्न थालेको छ ।

हाल ३३ वर्ष लागेकी मेगानले ब्रायन अस्टिन ग्रिनसँग सन् २००९ मा विवाह गरेकी थिइन् । ‘म विवाहित हुँ भन्दा शुभचिन्तकहरु पत्याउँदैनन् । मलाई कुमारी ठानेर मेरो पछि लाग्ने गरेका छन्’, मेगानले खुालासा गर्दै भनेकी छिन्– ‘वास्तविक उमेरभन्दा कलिलो देखिएकोले म विवाहिता हुँ भन्दा पनि दर्शकलाई विश्वास नलागेकोले मेरो पछि लाग्ने गरेका छन् । तर दर्शकले मेरो विवाह गर्ने उमेर नै भएको छैन भन्छन् । मैले विवाहको कुरा गर्दा अरुलाई झुटो बोलेको जस्तो लाग्दो रहेछ ।’

मेगान र ब्रायन हाल अलग भएका छन् । हाल मेगानले विवाह गर्ने घोषणा गरेकी छिन् । तर विवाह भने गरेकी छैनन् । उनको पहिलो विवाह भएको दर्शकलाई पत्यार नलाग्दा र आफूलाई सधैं कुमारी ठानिदिँँदा मेगानलाई अहिले विवाहप्रति रुचि नै जागेको छैन ।

प्रतिक्रिया दिनुहोस्