साम सेफर्ड र जेसिका लन्ज



हलिउड अभिनेता तथा लेखक साम सेफर्ड र अभिनेत्री जेसिका लन्ज सन् १९८३ देखि सँगै जीवन बिताउँदै आइरहेका छन् ।

यसबीच उनीहरुका तीन सन्तान भएका छन् । र पनि उनीहरुले अहिलेसम्म विवाह गरेका छैनन् । सामले गत वर्ष नयाँ औठी लगाइदिएकाले धेरैले उनीहरुले विवाह गर्ने योजनाको अनुमान गरिए पनि यो वर्षसमेत विवाह गरेका छैनन् । ‘विवाह एउटा व्यक्तिगत मामिला हो । यसबारेमा प्रतिबद्धता व्यक्त गरेर पूरा नगर्नु भन्दा व्यक्त नै नगर्नु असल हुनेछ ।’ –उनले भनेकी छिन् ।

अमेरिकी समाजमा अहिले विवाहमा ह्रास आउनु दुःखको विषय बनेको साम बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्