डेलिभिङले खाइदिइन् मरेको मुसा



प्रसिद्ध मोडल तथा अभिनेत्री कारा डेलिभिङले एकपटक उनका प्रेमी बायर गिल्सको साथ जंगलमा भोक लागेका बेला मरेको मुसा खाएको खुलासा गरेकी छिन् ।

शोविजको रिपोर्टअनुसार कारा डेलिभिङ आफ्नाे स्कुल जीवनमा आफ्ना प्रेमी बायर गिल्ससँग जंगल सफारी गएकी थिइन् । त्यस साहसिक यात्राको क्रममा उनलाई भोक लागेको थियो । त्यो यात्रामा कारा छक्क परिन्, जब बायरले उनलाई पेट भर्नका लागि मरेको मुसा खानुपर्ने बताए । त्यसपछि उनले बाध्य भएर मरेको मुसा खाएकी थिइन् । काराले यी सबै कुरा टिभी कार्यक्रमका होस्ट जिम्मी फेलनलाई बताइन् ।

यसअघि कारा डेलिभिङले अमेरिकी पप स्टार माइकल ज्याक्सनको छोरी पेरिस ज्याक्सनसँग समलिंगी सम्बन्ध राखेको बताएकी थिइन् । लामो समयसम्म यी दुईबीचको समलिंगी सम्बन्ध संसारभरि मिडियामा फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्