एन्जोलिनासँगको विछोडमा ब्राडले बिताए पुनर्वास !



हलिउड अभिनेता ब्राड पिटले एन्जोलिना जोलीले सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेपछि मदिराको दुव्र्यसनको लत छुटाउन १ महिना पुनर्वासमा बिताएको खुलाएका छन् ।

‘म पुनर्वाससम्म पुगें । मैले पिउन छोडिदिएँ ।’ –हालै मात्र न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिने क्रममा उनले खुलाएका छन् । दुवै जना धर्मसन्तानसहित ६ जनाका आमा बुबा हुन् । ब्राड पिटसँग छुट्टिएपछि एन्जोलिनाले एक साक्षात्कारमा आफूहरुबीच सम्बन्ध विच्छेद हुनुको कारण ब्राड भएको आरोप लगाएकी थिइन् । ‘कुनै पनि सम्बन्ध कालो र सेतो हुन सक्दैन । ब्राड पिट र मेरो बीचमा सबै विचार फरक छ । ब्राडको ईष्र्यालु व्यवहार र मदिरा सेवनको लत हाम्रो विछोड हुनुको पहिलो कारण हो ।’ –एन्जोलिनाले भनेकी छिन् । एन्जोलिनाले यो कुरा पनि खुलस्त पारिन् कि ब्राडको दुव्र्यसनका कारण उनले हलिउडमा धेरै अवसर गुमाउन पुगिन् । ‘ऊ ईष्र्यालु थियो । मलाई मेरो कामको प्रचार गर्न दिँदैनथ्यो ।’ –एन्जेलिनाले आरोप लगाउँदै भनेकी छिन् ।

ब्राडले भने बच्चाहरुको अध्ययनमा एन्जोलिनाले उनको निर्णय मन नपराएको आरोप लगाएका छन् । ‘उनको व्यवहारले मलाई धेरै पिरोल्छ । म मेरा बच्चाहरुका लागि केही गर्न चाहन्छु ।’ ब्राडले यस्तो आरोप लगाइरहँदा एन्जोलिनाले ब्राडले बच्चाहरुको खर्चका लागि उचित रकम नदिएको आरोप लगाएकी छिन् । यी दुवै सन् २००५ देखि सँगै थिए । यसबीच ब्राडले अन्य महिलासँग गोप्यरुपमा डेट गरेको रिपोर्ट पनि आएको छ । ब्राड पिटले एमटी आइज प्राध्यापक नेरी आक्सम्यानसँग पनि डेटिङ गरेको बताइएको छ । तर यो कहिल्यै पुष्टि भएन ।

प्रतिक्रिया दिनुहोस्