महिमा एक्लै



महिमा चौधरीको नाम सुन्नेबित्तिकै दर्शकहरु बलिउडको परदेशी फिल्म सम्झने गर्दछन् । एक सुन्दर र निर्दाेष केटी सम्झिन्छन् । तर उनी लामो समयदेखि ठूलो पर्दामा देखिएकी छैनन् । लामो समयदेखि फिल्मबाट हराइरहेकी उनले जब सन् १९९० मा मिस इन्डिया प्रतियोगिता जितिन्, उनलाई मोडलका रुपमा मन पराइयो ।

त्यसपछि उनलाई धेरै फिल्मबाट अफर आयो । तर उनको भाग्यमा अर्कै केही लेखिएको थियो । र त्यो भाग्यले उनलाई फिल्म निर्माता सुभाष घईकहाँ पुर्‍यायो । ती दिन, सुभाष आफ्नो फिल्म प्रडक्सनका लागि नयाँ अनुहार खोज्दै थिए । उनले ३ हजार युवतीको अडिसन लिए । तर मन पराएनन् । जब महिमा सुभाषको अगाडि पुगिन्, उनको अडिसन लिए र सोचविचार नगरी उनलाई फाइनल गरे । पहिला रितु चौधरीका नामले चिनिने उनलाई सुभाष घईले महिमा नाम दिए । यस तरिकाले सन् १९९६ देखि महिमाले आप्mनो करिअर शुरुआत गरिन् । पहिलो फिल्मबाट नै सर्वश्रेष्ठ डेब्यु नायिकाको फिल्मफेयर अवार्ड प्राप्त गरिन् ।

त्यसपछि दाग, कुरुक्षेत्र, दिल हे तुमारा, वागवानजस्ता हिट फिल्म दिइन् । त्यसबाट उनको अभिनयको प्रशंसा पनि गरियो । सन् २००८ देखि लामो ब्रेक लिएकी उनी २०१६ मा डार्क चकलेटका साथ फर्किइन् । यो ८ वर्षको अवधिमा उनको व्यक्तिगत जीवनमा थुप्रै उतार चढाव आए । महिमाले सन् २०१३ मा बबी मुखर्जीसँग डिभोर्स गरिन् भने टेनिस खेलाडी लिसन्डर पेससँग डेटिङ गरिन् । केही वर्ष उनीहरु डेटिङमा रमाए र त्यसपछि लिन्डरले महिमालाई छोडेर रिया पिल्लेसँग विवाह गरे । यसपछि उनी घरमा एक्लो जीवन बिताइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्