क्रिस्टिनको खुलासा



लिउड फिल्म ट्वालाइटका स्टार अभिनेत्री क्रिस्टिन स्टीवार्टले पिपुल्स म्यागजिनसँग हालै मात्र धेरै कुराको खुलासा गरेकी छिन् । ‘यदि म मार्बल फिल्ममा अभिनय गर्न चाहन्छु भने आफ्नो प्रेमिकाको हात समाएर सार्वजनिक ठाउँमा हिँड्न पाउँदिनँ । तब मात्र मैले मार्बल फिल्म पाउनेछु । म यस्तो मान्छेहरुसँग काम गर्न चाहन्नँ’, क्रिस्टिनले भनेकी छिन्– ‘म आफ्नो जीवन जिउन चाहन्छु । म आफ्नो जीवनको रक्षा गर्न चाहन्छु । तर म सबै कुरा बिगार्दै थिएँ । अर्थात् म कसैसँग पनि बाहिर जान सक्दिनँ । यसबारेमा अन्तर्वार्तामा बोल्न सक्दिनँ । त्यहाँ केही मानिसहरु छन्, जसले मलाई केटीसँग डेट गरेको मन पराउँदैनन् ।’ केही समय उनी समलिंगी भएकी छिन् ।

क्रिस्टिनले ट्वालाइटमा रोबर्ट प्याटिसनसँग डेट गरेकी थिइन् । रोबर्टले आफ्नो प्रेमिका क्रिस्टिनले ट्वालाइटका सह–निर्देशकसँग डेट गरेको थाहा पाएपछि उनलाई माफ गर्न सकेनन् । त्यसपछि रोबर्टले क्रिस्टिनसँगको ४ वर्षको सम्बन्धलाई समाप्त गरे । हिजोआज व्रिmस्टिन भर्ट डाइलानसँग डेट गर्दै छिन् । उनी स्क्रिप्ट लेखिका हुन् ।

प्रतिक्रिया दिनुहोस्