जीप लाइनमा आयंकाको मस्ती



पाठकहरुलाई थाहै छ यो हुइयाँ नायिका प्रियंका कार्कीको ठूलो फ्यान हो । हुइयाँ यसपालि प्रियंकाबाट झनै प्रभावित भएको छ।
हुइयाँलाई प्रियंका किन पनि मन पर्छिन् भने उनी कुनै कुरा लुकाउँदिनन्। उनी आफू जस्तो छिन्, त्यस्तै देखाउँछिन्।

यसपालि नै हेर्नोस् न हुइयाँको प्रिय नायिका प्रियंका कार्की आप्mनो प्रेमी आयुषमान देशराजसँग जीप लाइनको मज्जा लिन धुलिखेल पुगिन्। जीप लाइन चढ्दा चढ्दै आयुषमानसँग डिप किस गरिन्। डिप किस गर्दा गर्दै फोटो पनि खिचिन्। अरुले भए यस्तो फोटो कसैले नदेखून् भनेर गुपचुप राख्थ्यो। सकेसम्म लुकाएर राख्थ्यो। प्रियंकाले भने भटाभट इन्स्टाग्राममा सेयर गरिन्। प्रियंका र आयुषमानको जोडी आयंकाले एकअर्कालाई चुम्बन गरेर सेल्फीस्टिकको मद्दतले तस्वीर खिचेका थियो। ‘नपाउनेले माइक्रोवेभ पायो, आलु उसिन्ने भनेर पड्कायो’ कसैले इन्स्टामा कमेन्ट गर्‍यो । अर्कोले थप्यो– ‘हामीले बिहेअगाडि यस्तो गरेको भए समाजबाट बहिष्कार हुन्छ। हजुर बरिष्ठको त कुरै नगरम् ।’

हुइयाँ भने प्रियंका मात्र होइन, आयंकाकै पक्षमा छ। आफूहरुबीचका मायाप्रीति त देखाउने नै हो नि? लुकाउनु किन प¥यो होइन त आयंका? इन्गेजमेन्ट गरेर विवाह गर्न तयार जोडीले आफूहरुबीचको माया प्रेमलाई लुकाइरहनुपर्छ र? देखाएकै राम्रो नि? हुइयाँ कल्पना गर्न सक्छ बिहेअगाडि नै यति धेरै माया छ भने बिहेपछि कस्तो होला?

प्रतिक्रिया दिनुहोस्