बुलबुल ओस्कारमा



ओस्कार एकेडेमी अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालको प्रतिनिधित्व फिल्म बुलबुलले गर्ने भएको छ ।

नेपालको ओस्कार छनोट समितिले विनोद पौडेल निर्देशित बुलबुललाई नेपालका तर्फबाट ओस्कार पठाउने निर्णय गरेको हो । कमिटीका महासचिव चिरञ्जीवी गुरागाईंका अनुसार ओस्कारका लागि आवेदन मागिएकामा बुलबुलको मात्र दरखास्त परेकाले बुलबुललाई बिनाप्रतिस्पर्धा छनोट गरिएको हो। स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्मले नेपालमा राम्रो समीक्षकीय तारिफ बटुलेको थियो।

फिल्मबाट अभिनेत्री खड्काले राष्ट्रिय फिल्म अवार्डसहित सार्क फिल्म फेस्टिबलमा अवार्ड जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्