सम्पादक गिरीसहित कलाकर्मीलाई पदक



कामनाका सम्पादक विदुर गिरी जनसेवा श्री (पञ्चम श्रेणी) बाट विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारद्वारा घोषणा गरिएको उक्त पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिनेछ।

विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने यी पदवीबाट यसपटक कलाकार स्व. खुशीराम पाख्रिन, भैरवबहादुर थापा, भुवन चन्द थापा, नृत्यांगना नारायणदेवी प्रधान, गायक रामकृष्ण दुवाललाई सुप्रबल जनसेवी श्री (तृतीय), गायक बद्री पंगेनीलाई कीर्तिमय राष्ट्र दीप (चतुर्थ), नायक निखिल उप्रेती, नायिका स्वेता खड्का, हास्यव्यंग्य कलाकार मनोज गजुरेल, कलाकारहरु वसुन्धरा भुसाल, दिनेश डीसी, धर्मराज गुरुङ, चेतनारायण राई, जसमाया गुरुङ राई, संगीतकार सुरेश अधिकारी, एकनारायण भण्डारी, शान्तिराम राई, गायक धिरज राईलाई प्रबल जनसेवा श्री (चतुर्थ) तथा कलाकार जोगेन्द्र केसीलाई जनसेवा श्री (पञ्चम)बाट विभूषित गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्