दाजुभाइको एकल साँझ



गायक दाजुभाइ प्रवेशमान शाक्य र पवित्रमान शाक्य संगीत साधक पिता पन्नाकाजी र आफ्ना लोकप्रिय गीतहरुका साथ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा गुन्जिएका छन्। यी गायक दाजुभाइ प्रवेशमान शाक्य र पवित्रमान शाक्य एक साँझमा गुन्जिएका हुन्। एकल साँझमा १६ जना वाद्यवादकसहित प्रवेशमान र पवित्रमानले संगीतसाधक पिता पन्नाकाजी र आफ्ना गरी १९ गीतका साथ प्रत्यक्षरुपमा गुन्जिए।

कार्यक्रममा गायकद्वयले आफूहरु एकै आमाका दुई सन्तान भएका कारण २ जना भए पनि एकल साँझ भनिएको बताए। उनीहरुले आफ्ना पिताको स्मरण गर्दै पिताको सम्मान र सम्झनास्वरुप तथा प्रतिभा भएर पनि आर्थिक अभावका कारण गीत–संगीत क्षेत्रमा आउन नसकेका प्रतिभाको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको बताए। कार्यक्रममा पवित्रमान शाक्यको एल्बम धरातल सार्वजनिक गरिएको थियो। एल्बममा १७ गीत समावेश छन्।

प्रतिक्रिया दिनुहोस्