करिश्मा मानार्थ मिसेस नेपाल



अभिनेत्री करिश्मा मानन्धर मानार्थ मिसेस नेपाल इन्टरनेसनल भएकी छिन्। रिबन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको मिसेस नेपाल इन्टरनेसनल २०१९ मा करिश्मालाई सो उपाधिद्वारा सम्मानित गरिएको हो।

प्रतियोगितामा गैरसरकारी संस्थामा कार्यरत महेन्द्रनगरकी स्नातकोत्तरकी विद्यार्थी भाविषा कोइराला चटौतले पाँचौं मिसेस नेपाल इन्टरनेसनलको उपाधि चुमिन्। विभिन्न पेसामा आबद्ध ३० विवाहित महिलाका बीच सम्पन्न प्रतियोगितामा विजयी भएबापत भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको छ। भाविषा फेशन आइकन पनि भएकी छिन्। प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाइकंग्बम एमएस नेपाल इन्टरनेसनल २०१९ भएकी छिन्। उनले लेडी विथ कम्प्यासनको उपाधिलाई पनि आफ्नो बनाइन्।

भाविषा र रंगीनाले उपाधि जितेबापत सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।
प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट, स्नेहा राउत थापा सेकेन्ड, शबनम खरेल थर्ड र शिल्पी गुप्ता फोर्थ रनर्सअप भएका छन्। समारोहमा प्रतियोगिता पाँचांै वर्षमा पुगेको अवसरमा कामनाका सम्पादक विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सिताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपतिलाई रिबन अनर अवार्डबाट सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्