सिजी कामना फिल्म अवार्डस् २०७६ को मनोनयन सूची सार्वजनिक



सिने मासिक कामनाले नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्स २०७६ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरिएको छ ।

नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था तथा फिल्मकर्मीसँगको बृहत् छलफलपश्चात् तयार पारिएको मापदण्डअनुसार सिजी कामना फिल्म अवार्डस् २०७६ को निर्णायक मण्डलले झन्डै एक महिना समय लगाएर अवार्डमा सरिक हुन आवेदन भरेका फिल्महरु अवलोकन गरी मूल्यांकन गरेपछि प्रतिस्पर्धात्मक २६ विधामा उत्कृष्ट ५ को मनोनयन सूची सार्वजनिक गरिएको हो । सरप्राइजस्वरुप अवार्ड समारोहकै दिनमात्र सार्वजनिक गरिने निर्णायक मण्डलको मूल्यांकनअनुसार यस वर्षको कामना फिल्म अवार्डस् २०७६ को सर्वोत्कृष्ट फिल्म विधामा छक्का पञ्जा ३, डमरुको डण्डीबियो, नाइँ नभन्नु ल ५, प्रसाद र साइँलीबीच भिडन्त हुने भएको छ भने सर्वोत्कृष्ट अभिनेतामा खगेन्द्र लामिछाने, विपिन कार्की, गौरव पहाडी र निखिल उप्रेतीबीच प्रतिस्पर्धा देखिएको छ । यो विधामा विपिन २ फिल्मबाट मनोनयनमा परेका छन् भने सर्वोत्कृट अभिनेत्रीमा दीपिका प्रसाईं, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पूजा शर्मा र शिल्पा पोखरेल प्रतिस्पर्धामा छन् ।

मनोनयन सूचीमा नाइँ नभन्नु ल ५ सर्वाधिक १५ विधाको मनोनयनमा परेको छ । यो फिल्म सर्वोत्कृष्ट फिल्म, निर्देशक, सहअभिनेत्री, नवअभिनेता, संगीतकार, गीतकार, पाश्र्वगायिका, बालकलाकार, पटकथा, कोरियोग्राफी, पाश्र्वसंगीत, ध्वनिमिश्रण, छायांकन, सम्पादन र शृंगार विधाको मनोनयनमा परेको छ । यो एउटै फिल्मबाट २ बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका छन् भने अनुभव भैरेबाट पनि मनोनयमा छन् । त्यसै गरी छक्का पञ्जा ३ र डमरुको डण्डीबियो १२/१२ विधाको मनोनयमा परेका छन् । छक्का पञ्जा ३ सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेत्री, सहअभिनेता, पाश्र्वगायक, हास्य कलाकार, कोरियोग्राफी, कथा, पटकथा, संवाद, ध्वनि मिश्रण र सम्पादन विधाको मनोनयन परेको छ । यो फिल्मबाट दीपकराज गिरी कथा, पटकथा र संवाद गरी ३ विधाको मनोनयमा परेका छन् । त्यसै गरी डमरुको डण्डीबियो सर्वोत्कृष्ट फिल्म, अभिनेता, नवनिर्देशक, सहअभिनेता, कथा, पटकथा, संवाद, छायांकन, पाश्र्वसंगीत, ध्वनिमिश्रण, सम्पादन र शृंगार विधाको मनोनयमा परेको छ । यो फिल्मबाट खगेन्द्र लामिछाने अभिनेता, कथा, पटकथा र संवाद गरी ४ विधाको मनोनयनमा छन् ।

त्यस्तै साइँली ११ र प्रसाद १० विधाको मनोनयमा परेका छन् । साइँली सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता, संगीतकार, कथा, संवाद, गीतकार, पाश्र्वगायक र सम्पादन विधाको मनोनयमा छ भने प्रसाद सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संवाद, खलपात्र, छायांकन, ध्वनिमिश्रण र सम्पादन विधाको मनोनयमा छ । फिल्म भिलेन ८ र यात्रा ७ विधाको मनोनयमा छ । भिलेन सर्वोत्कृष्ट अभिनेता, अभिनेत्री, नवअभिनेता, पाश्र्वगायक, पाश्र्वगायिका, खलपात्र, द्वन्द्व निर्देशक र शृंगार विधाको मनोनयनमा छ भने यात्रा नवनिर्देशक, नवअभिनेत्री, कथा, सहअभिनेता, पाश्र्वगायिका, गीतकार र द्वन्द्व निर्देशन विधाको मनोनयमा परेको छ । त्यसै गरी चक्कर, सय कडा दश र बोबी ६/६ विधाको मनोनयनमा परेका छन् । चक्कर फिल्म सर्वोत्कृष्ट नवनिर्देशक, सहअभिनेत्री, खलपात्र, छायांकन, पाश्र्वसंगीत र शृंगार तथा सय कडा दश फिल्म निर्देशक, नवअभिनेता, सहअभिनेता, सहअभिनेत्री, पटकथा र संवादको मनोनयनमा परेको छ ।

त्यस्तै फिल्म बोबी निर्देशक, नवअभिनेता, नवअभिनेत्री, संगीतकार, छायांकन र ध्वनि मिश्रणको मनोनयमा परेको छ । त्यसै गरी ए मेरो हजुर ३, भैरे र बाँध मायाले ५/५ विधाको मनोनयमा छन् । ए मेरो हजुर ३ सर्वोत्कृट नवअभिनेत्री, संगीतकार, गीतकार, छायांकार र पाश्र्वसंगीतमा, भैरै पाश्र्वगायिका, बालकलाकार, छायांकन, पाश्र्वसंगीत र द्वन्द्व निर्देशक तथा बाँध मायाले नवअभिनेता, पाश्र्वगायक, पाश्र्वगायिका, हास्यकलाकार र द्वन्द्व निर्देशक विधाको मनोनयमा परेका छन् । त्यसै गरी फिल्म रामकहानी र जानी नजानी ४/४ विधाको मनोयनमा छन् । रामकहानी सर्वोत्कृष्ट अभिनेत्री, पाश्र्वगायक, हास्यकलाकार र छायांकन तथा जानी नजानी नवनिर्देशक, नवअभिनेत्री, सहअभिनेत्री र शृंगार विधाको मनोनयनमा परेका छन् । त्यस्तै रणवीर र कथा काठमाडौं ३/३ तथा गोपी र अनुराग २/२ विधाको मनोनयमा छन् । रणवीर सर्वोत्कृष्ट नवअभिनेत्री, खलपात्र र द्वन्द्व निर्देशन तथा कथा काठमाडौं नवनिर्देशक, सहअभिनेत्री र खलपात्र, गोपी

प्रतिक्रिया दिनुहोस्