कलाकारको विदेश पलायन कसैको रहर, कसैको बाध्यता



श्याम स्मृत ।

भनिन्छ कलाकारको जिन्दगी साबुनको फोका जस्तै हो । ज्यानमा लाली तथा अभिनयमा जोस हुन्जेल कलाकारको जिन्दगीले अर्थ राख्छ । नेपाल जस्तो देशमा कलाकारिताले नाम मज्जाले कमाइने भए तापनि दाम कमाउन नसक्ने पीडा यथावत् छ । यही पीडाले गर्दा नेपालका नाम चलेका कलाकारहरु पनि अमेरिकालगायतका मुलुकमा दाम कमाउनकै लागि विदेशिनुपरेको हो ।

कतिपय कलाकारले विदेश गएर राम्रै कमाइ गरेको पाइएको छ भने ती देशमा बस्ने र त्यहा“को नागरिक बन्ने राम्रो अवसर पनि पाएका छन् । यसो भए तापनि विदेशमा तेस्रो दर्जाको नागरिक बन्ने चाहना कतिपयलाई चित्त नबुझ्दो पनि छ । रहरले भन्दा बाध्यताले त्यसरी दोस्रो दर्जाको नागरिक बनेर बसे पनि अन्ततोगोत्व नेपाल नै प्यारो भन्ने कलाकारको जमात देखिएको छ । जसमा करिश्मा मानन्धर, सरोज खनाल, गौरी मल्ल, रमेश उप्रेतीलगायतका रहेका छन् । कलाकारहरुले अमेरिकालगायतका मुलुकमा राम्रै प्रतिष्ठासहित त्यहा“को ग्रीनकार्ड पाएर राम्रै लाइफ मेन्टन गरेर बसे तापनि आखिरमा उनीहरुलाई नेपाल नै प्यारो बनेको छ । नेपालमा मर्न होइन, नेपालमा काम गर्न नै फर्केको भनेर केही कलाकारहरु स्वदेश फर्केका छन् । जुन राम्रो भएको छ । फर्कनेको जमातस“गै जानेको पनि लर्कोमा भने कमी आएको छैन । बाल–बच्चा र आफ्नो भविष्यको खोजी भन्दै अहिले पनि धरै कलाकार अमेरिका जाने तर्खरमा रहेका छन् । कृष्टि मैनाली, ऋचा घिमिरे, रञ्जना शर्मा, अरुणिमा लम्साल, सुधांशु जोशी, उषा पौडेल, रुपा राना, पूजा चन्द, सारंगा श्रेष्ठ, दीलिप रायमाझी, बन्नी प्रधान, गणेश उप्रेतीहरु यसअघि अमेरिका सेटल भइसकेका छन् ।

प्लस–टु सकिएका विद्यार्थीहरु अध्ययनका नाममा विदेश जाने गरेजस्तै राम्रा सम्भावना बोेकेको नेपाली कलाकारहरु एक–दुईवटा फिल्ममा राम्रो कार्य गरेलगतै हराउने गरेको पाइन्छ । त्यसरी हराएका कलाकारहरु कति अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइटमा भेटिने गरेको छ । कोही बेलायतको प्लमस्टेटहरुमा देखिने गरेका छन् । कोही कोही जापानको टोकियोका इलेक्ट्रोनिक्स कम्पनीहरुमा हाइ एसीका बीच काम गरिरहेको भेटिन्छन् । कोही भारतमा त कोही क्यानडा, कोही नेदरल्यान्डजस्ता मुलुकमा हाउस वाइफ बनेर बस्ने गरेका पनि भेटिने गरिएको छ । नेपाली फिल्मको कलाकारिताको प्रोफाइलले कलाकारहरुलाई राम्रै मदत गर्ने गरेको छ । यसले गर्दा नेपाली फिल्मको कलाकारिता प्रायः कलाकारहरुका लागि विदेश जाने राम्रो लाइसेन्स पनि बन्दै आएको छ । यही प्रोफाइलको आडमा नेपालमा नै बसेर अमेरिकाको ग्रीनकार्ड प्रोसेस गर्दै गरेका नेपाली फिल्मका नामी कलाकारहरु काठमाडौंमा भेटिने गरेका छन् । उनीहरुले ग्रीनकार्डका लागि दशौं वर्ष कुर्दै गरेको पनि बताएका छन् । कोही नेपाली कलाकारिताको हाइप्रोफाइल बनाउन कम्मर कसेर लागिपरेको पनि पाइन्छ । यो यथार्थभित्र धेरैको विवशता पनि छ र बाध्यता पनि उत्तिकै छ । नामलाई मेन्टन गर्न दाम कमाउन आवश्यक छ । त्यही दाम कमाउन धेरै विदेशिएका हुन् ।

अभिनेता थापा क्यानडामा जम्दै

अभिनेता ईश्वर थापाले १४ वर्षयता क्यानडामा जमेका छन् । नेपालमा रह“दा पैसाको धम्की, सिमारेखा, विषालु, हाउडे र पन्छीजस्ता फिल्ममा अभिनय गरेका थापा क्यानडा पुगेपछि त्यहा“ आई एम नट रेजिस्ट अर्थात् म भेदभाव गर्ने मान्छे होइन नामक ३५ मिनेट लामो सटमुभीको निर्माण, निर्देशन र सम्पादन पनि गरेका छन् । जसबाट क्यानडामा रहेका नेपाली तथा विदेशीको निक्कै वाहवाही र तारिफ पाउन ईश्वर थापा सफल बनेका छन् । थापाले क्यानडाको राष्ट्रिय टेलिभिजन रोजर्समा पहिलोपल्ट नेपाली भाषाको समाचारमूलक आधा घण्टाको कार्यक्रम पनि चलाएका थिए । एक वर्ष नेपाल टिभी क्यानडा नाम राखेर कार्यक्रम चलाएका अभिनेता थापाको उक्त कार्य ऐतिहासिक नै बन्न पुगेको छ । थापा हाल क्यानडामा विभिन्न च्यानल तथा कार्यक्रमका लागि उत्कृष्ट भिडियो सम्पादकका रुपमा कार्यरत छन् । थापाको कुशल भिडियो सम्पादनले क्यानाडामा दर्जनौं सम्मान तथा पुरस्कार पाइसकेका छन् । क्यानडाबाट अमेरिकन बाबु मेड इन नेपाल फिल्म निर्माण तथा निर्देशन गरेर अर्को गौरव पनि नायक थापाले राखिसकेका छन् ।

तुलसा भारतमा गुमनाम

नौ वर्षकै उमेरमा आफूमाथि भएको दर्दनाक कहानीको आफैले पर्दाफास गरेर चर्चामा आएकी नायिका तुलसा सिलवाल भारत पलायन भएको दशकौं भइसकेको छ । नरेश पौड्याल निर्मित फिल्म धर्मबाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी नायिका तुलसाले त्यसैको निर्माणका समयमा आफूमाथि नौ वर्षको उमेरमा भएको पीडाको कामनामा नै पर्दाफास गरेकी थिइन् । आफूमाथि आइपरेको आपत्को साहसपूर्वक उजागर गरेर चर्चामा आएकी तुलसाले अबला, सान्नानीलगायत आधा दर्जन फिल्ममा अभिनय गरेकी थिइन् । त्यसको अलावा लामो भागको टेलिसिरियल द काठमाण्डुमा समेत अभिनय गरेकी तुलसा त्यसपछि बलिउड छिरेकी थिइन् । बलिउडमा लामो प्रयासपश्चात् पनि राम्रो अवसर नपाएपछि केही प्रान्तीय फिल्ममा अभिनय गरेकी थिइन् । त्यसबाट पनि खासै उपलब्धि नभएपछि उनी ५ वर्षदेखि भारतमा नै घरजम गरेर बसेकी छन् ।

भारतको देहरादुननजिक सारंगपुरमा तुलसाको बसोबास रहेको छ । सारंगापुरमा तुलसाको ५ वर्षअघि त्यहा“को सरकारी कर्मचारी रोहित संगलस“ग प्रेम विवाह भएको थियो । हाल एक छोरीकी आमासमेत बनिसकेकी तुलसा फिल्मलाइनमा भन्दा घर–व्यवहारमा नै व्यस्त बनिरहेकी छन् । ४ वर्षकी छोरी आकृति संगललाई हुर्काउनमा नै हिजोआज तुलसाको समय व्यतीत भइरहेको छ ।

कोपनहेगनमा कविताको कथा

डेढ दशकअगाडि अत्यन्त ग्ल्यामर्स नायिकाको छवि राखेकी नायिका कविता खड्का डेनमार्कमा रहेकी छन् । १० वर्षदेखि डेनमार्कको कोपनहेगनमा बस्दै आएकी नायिका खड्काको त्यो ग्ल्यामर्समा कुनै कमी भने देखिएको छैन । त्यही मादकता तथा कामुकतामा कायम नै रहेको छ । फरक यति मात्र हो– नेपालमा रह“दा उनलाई नेपाली फिल्म तथा टेलिफिल्ममा अभिनय गर्नमा भ्याइनभ्याई हुने गर्दथ्यो भने डेनमार्कमा त्यो भ्याइनभ्याई छैन ।

उनी छोरा हुर्काउनमा नै व्यस्त छिन् । ६ वर्ष नपुगुन्जेल छोरोकै स्याहारमा लाग्नुपर्ने भएकाले कोपनहेगनमा खासै काम गरेकी छैनन् । वर्षमा एक पल्ट नेपाल आउने गरेको बताउने उनी नेपाल आउँदा जहिले पनि नेपाली फिल्मको त्यो अभिनय कर्मको व्यस्ततालाई मिस गर्ने गर्छिन् । हतारको लाइफ अनि तनाबको त्यो जिन्दगी भए तापनि फिल्मी रोमाञ्चकताको रुपमा उनले लिएकी छन् । जुन लाइफमा फेरि फर्केर आउने रहर उनमा पलाएको छ । सम्भवतः अर्को वर्षसम्म नेपाल फर्केर आफैले नेपाली फिल्म निर्माण गर्ने दह्रो लक्ष्य पनि उनले लिएकी छन् । पहिला जस्तो कामुक नायिका बनेर सस्तो अभिनय गर्ने सोच भने उनको पटक्कै छैन । बलिउडकी नायिका रेखा तथा विद्या बालनहरुले गर्नेजस्ता वजनदार अभिनय गर्ने जोश उनमा बढेको छ । त्यो जोशलाई उनको कम्प्युटर इन्जिनियर श्रीमान्ले पनि साथ दिने भएका छन् ।

श्रीमान्कै डिपेन्डेन्ट भिसामा कोपनहेगन पुगकी उनलाई प्रवासभन्दा स्वदेश नै प्यारो लागेको छ । आफ्नो पहिलो फिल्म मंगल–सूत्रदेखि पहिलो टेलिफिल्म चेतनालाई मात्र उनले सम्झेकी छन् । त्यसपछिका दर्जनौं फिल्म र टेलिफिल्मलाई सम्झिने मन उनले गरेकी छैनन् । छोराकी आमा भएपछि मोटाएर ६५ केजी पुगेको भए तापनि हाल जिम गरेर ज्यानलाई स्लिम बनाइसकेको र ५५ केजीमा कायम गरिसकेको बताएकी छन् ।

अमृतको अभियान

अभिनेता अमृत लामा यतिखेर विश्वभरका नेपालीलाई जोड्ने कार्यमा व्यस्त बनेका छन् । पापी, ताल, झा“क्री, रणभूमिलगायतका दर्जनौं फिल्मका अभिनेता लामा हामी नेपाली ग्लोबल नामक संस्थामार्फत विश्वभरका नेपालीलाई जोड्ने अभियानमा लागेका छन् । अघिल्लो वर्षमात्र अमेरिकाको न्युयोर्कमा अभिनेता लामाको नेतृत्वमा स्थापना भएको संस्थाको विश्वका चालिसभन्दा बढी मुलुकमा सञ्जाल तयार भइसकेको छ । विश्वका कुनै पनि कुनामा कसैलाई कहीं कतै आपत् परेमा नेपालीलाई नेपालीले नै सहयोग उपलब्ध गर्नु र गराउनु तथा नेपालको विकासमा सहयोग र सेवा उपलब्ध गर्नु–गराउनु यो संस्थाको उद्देश्य हो । लामाको यस कार्यमा उनको जीवन संगिनी अभिनेत्री सम्झना खड्काको पनि साथ रहेको छ ।

सम्झनाले लामालाई ताल र झा“क्री नामक फिल्ममा पनि जीवन संगिनी नै बनेर साथ दिएकी छन् । अमृत सामाजिक सेवाको अलावा आफ्नै स्वरोजगार उभर सेवामा व्यस्त बन्ने गरेका छन् ।

नेदरल्यान्डमा वर्षाको समाज–सेवा

एक जमानाकी विवादास्पद नायिका वर्षा खड्का लामो समयदेखि नेदरल्यान्डमा बसोबास गर्दै आएकी छन् । एनआरएन नेदरल्यान्डको उपाध्यक्षमा स्वतन्त्रतर्फबाट उम्मेदवार दिएर चर्चामा आएकी वर्षा एनआरएन बनिसकेकी छन् । उनी प्रवास नेदरल्यान्डमा महिला हकहित, जनचेतना अभिवृद्धि गर्ने कार्यमा बढी सक्रिय रहेकी छन् । महिला सशक्तीकरणजस्ता कार्यमा विशेष क्रियाशील वर्षालाई त्यहा“ पुग्ने नेपाली कलाकार तथा नेपालीहरुका लागि सहयोगीका रुपमा पनि लिइने गरिएको छ । देशबाहिर र भित्र विभिन्न संघ–संस्थास“ग काम गरिसकेकी नायिका खड्काको सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभव छ ।

बेलायतमा मनिषको अभियान

प्रेमिकाले चोर भनेपछि नेपाली फिल्मको अभिनयमा ज्यान फालेर दर्जनौं नेपाली फिल्म अभिनय गरेका अभिनेता मनिषकुमार श्रेष्ठ बेलायत पुगेको पनि डेढ दशक नाघिसकेको छ । यस अवधिमा बेलायतमा नेपाली कलाकारिता मात्र नभईकन नेपाली फिल्मको बजार विस्तार गर्न पनि उनले भूमिका खेलेका छन् ।

बेलायतका महँगा तथा ठूला–ठूला थिएटरमा नेपाली फिल्म प्रदर्शन गर्न नसक्ने निर्माताहरुका लागि सानै भए पनि क्लब थिएटर उपलब्ध गराउने कार्य मनिषले गरिरहेका छन् । मनिषको बेलायतको राजधानी लन्डनस्थित प्लमस्टेडमा रहेको गोर्खा क्लबमा रेस्टुरेन्टको मज्जासँगै नेपाली फिल्म प्रदर्शन गर्ने र गराउने कार्य प्रारम्भ भएको छ ।

अभिनेता बाबु–छोरा भुवन केसी र अनमोल केसी अभिनित फिल्म कृ प्रदर्शनबाट शुभारम्भ भएको क्लबले मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरीलगायतको अभिनय रहेको शत्रुगते पनि सफलतापूर्वक प्रदर्शन गरको छ । त्यसै गरेर ऐश्वर्य पनि प्रदर्शन भइसकेको छ ।

बेलायतमा नेपाली चलचित्र हेर्ने दर्शकको समूहलाई वृद्धि गर्न र गराउन आफूले सानो स्तरबाटै भए पनि गोर्खा क्लबबाट शुभारम्भ गरेको मनिषले बताएका छन् । बेलायतमा गोर्खा क्लबजस्तो तीन सयजति रेस्टुरेन्ट छन् । ती रेस्टुरेन्टमध्ये १ सयले मात्र सानो थिएटर बनाएर नेपाली फिल्म प्रदर्शन गर्ने कार्य प्रारम्भ गरे निश्चितरुपमा नेपाली फिल्मले बेलायतमा राम्रै बजार पाउने जिकिर मनिषको रहेको छ ।
बेलायतबाट नेपालभाषाको फिल्म तुयुमति निर्माण गर्ने कार्य मनिषले नै गरेका हुन् । नेपालबाहिरबाट नेपालभाषाको फिल्म निर्माण गरेर सोही फिल्ममा नायक बनेर अभिनय गर्ने पनि मनिष नै पहिलो भएका छन् । मनिषले निर्माण गरेको नेपालभाषाको तुयुमति

नेपाललगायत हङकङ, जापान र बेलायतमा प्रदर्शन भइसकेको छ । तुयुमतिअगाडि नेपालमा रहेकै अवस्थामा मनिषले घाइते र चण्डालिका नामक दुई फिल्मको पनि निर्माण गरेका थिए ।

बिजी अवार्ड जित्ने विपना वृन्दावनमा

तीनपल्ट बिजी अवार्ड चुम्ने एकमात्र नायिका विपना थापा नै हुन् । विपनाले नेपाली फिल्म उद्योगमा २०५२ सालदेखि २०६२ सालसम्म अभिनय गरेकी थिइन् । उनले त्यस अवधिमा १ सय ११ वटा फिल्ममा अभिनय गरेर व्यापक नाम तथा दाम कमाउ“दै सफलता प्राप्त गरेकी थिइन् । विपनाको पहिलो फिल्म जन्मभूमि हो भने, पछिल्लो फिल्म वरमाला हो ।

वरमालाका एक निर्माता डा. आशुतोष भारद्वाजसँग फिल्म छायांकनकै क्रममा लभ–अफेयर्स भएपछि विवाहमा परिणत गरेकी विपना विवाहपश्चात् श्रीमान्को घर भारतको वृन्दावनस्थित मथुरामा नै बस्दै आएकी छिन् ।

फिल्ममा अभिनय गर्ने व्यापक चाहना भए तापनि भारतको बसाइ अनि छोरा कुशाग्र भारद्वाजलाई हुर्काउन तथा बढाउन नै व्यस्त हुनुपरेकाले उनले आप्mनो चाहना पूरा गर्न सकिरहेकी छैनन् । छोरा कुशाग्र्र हाल १० वर्ष पुगिसकेकाले पहिलाभन्दा अलि फुर्सद पाए पनि आफ्नै पारिवारिक कलेजको व्यवसायमा व्यस्त बन्न थालेको विपनाले बताएकी छन् ।

तीन महिनामा एकपल्ट नेपाल आउने जाने गरिरहने विपना मथुरास्थित पण्डित चन्द्रप्रकाश शर्मा म्यानेजमेन्ट कलेजमा म्यानेजिङ डाइरेक्टर बनेर काम गरिरहेकी छन् । पारिवारिक कलेजमा टाइम पासका लागि व्यस्त बनिरहेको ठट्टा गर्ने विपना बढी मात्रामा घर–व्यवहारमा नै व्यस्त हुने गरेकी छन् । भारतीय नेपाली कुशल बहुको उपाधि पाएकी विपना निकट भविष्यमा समय मिले फिल्ममा कमब्याक गर्ने सोचमा छिन् ।

प्रतिक्रिया दिनुहोस्