सिल्भेस्टर धमाका साथ फिर्ता हुने



रेम्बो फिल्मका नामक सिल्भेस्टर स्टेलनको नयाँ फिल्म रेम्बो लास्ट ब्लड शृंखलाको अन्तिम फिल्म हालै रिलिज भएको छ । यसमा निर्देशक एड्रियनले भनेका छन्– ‘रेन्बो लास्ट ब्लड । हो, यसले लामो दौड पूरा गरिसकेको छ । जुन निकै सन्तोषजनक छ । हलिउडका एक्सन स्टार सिल्भेस्टर स्टेलोन जोन रेम्बोको रुपमा रेम्बो लास्ट ब्लडमा फर्किनेछ, फ्रेन्चाइजको पाँचौं र अन्तिम फिल्म ।’

यसपटकको फिल्ममा सिटेस्टर स्टेलोनको रेम्बो मेक्सिोकामा जानेछ र उसको साथीको छोरीलाई बचाउन मेक्सिन गुटहरुसँग लड्नेछन् । यसमा रेम्बोले संवाद भनेका छन्– ‘मैले मेरा गोप्य कुरा धेरै वर्षसम्म लुकाएँ । तर अब मेरो अन्तिम सामना गर्ने समय आइसकेको छ । यदि तिनीहरु मलाई खोज्न आउँछन् भने उनीहरुले मृत्युको सामना गर्नुपर्नेछ र तिनीहरुलाई यमराज आउँदैछु भनेर म भन्न चाहन्छु ।’ यो फिल्म एड्रियन ग्रुनवर्गद्वारा निर्देशित छ । जुन यो फिल्म सेप्टेम्बरमा विश्वव्यापी रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्