माइली साइरस र लियाम छुट्टिए



अभिनेत्री माइली साइरस र लियाम होम्सवर्थ ८ वर्षपछि हालै मात्र एक अर्कोबाट छुट्टिने निर्णय गरेका छन् । अमेरिकन सिने पत्रिका पिपुल्सको रिपोर्टअनुसार दुवैले आपसी सहमतिबाट अलग हुने निर्णय गरेका हुन् । किनकि दुवै आफ्नो करियरमा ध्यान दिन चाहन्छन् ।

माइली र लियमको विवाह सन् २०१८ को डिसेम्बरमा भएको थियो । यी दुवैको विवाह ८ महिनासम्म मात्र टिकेको थियो ।

पिपुल्स पत्रिकाले भनेको छ– ‘अनुकूल समयमा लियाम र माइलीले छुट्टिएर राजी भएका छ्न । दुवैजना असल साथी मात्र हुने छन् र उनीहरुको गोप्यतालाई सम्मान गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्