श्वेता घरेलु हिंसाको शिकार



कसौटी जिन्दगी टिभी सिरियलमा प्रेरणाको भूमिका निर्वाह गरेर लोकप्रियता कमाएकी टेलिभिजन अभिनेत्री श्वेता तिवारी आफ्नो निजी जीवनमा घरेलु हिंसाको कारण अखबरमा आएकी छिन् । उनले आफ्नो पतिलाई घरेलु हिंसाको आरोप लगाएकी छिन् ।

उनले भनेकी छिन्– ‘अभिनवले छोरी पलकलाई दुव्र्यवहार गरेर कुटपिट गरे । र उनले धेरै पटक अश्लील शब्दले गाली गरेर हात उठाए ।’ प्रहरीले कारबाहीको क्रममा उनको पतिलाई पक्राउ गरेर अनुसन्धान गरेको छ । श्वेताले यो पनि आरोप लगाइन् कि अभिनवले आफूलाई अश्लील फोटोहरु देखाएर लाजमर्दो तुल्याउने गरेका छन् ।

आश्चर्य लाग्दो कुरा यो छ कि श्वेता पहिले पनि घरेलु हिंसाको शिकार भएकी थिइन् । उनको पहिलो पति राजा चौधरीले रक्सी पिएर उनलाई कुटपिट गर्थे । त्यसपछि श्वेताले राजासँग सम्बन्ध विच्छेद गरी सन् २०१३ मा अभिनवसँग पुनः विवाह गरेर दाम्पत्य जीवनलाई अगाडि बढाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्