मनिषा र ऐश्वर्यको चिसो



नब्बे दशककी दुई चर्चित नायिकाहरु मनिषा कोइराला र ऐश्वर्य रायबीच अहिले पनि सम्बन्ध सुमधुर छैन । मनिषा र ऐश्वर्य एक अर्कामा अलग हुनुको मुख्य कारण राजीव मुलचन्दानी रहेको हालै मात्र अन्तर्वार्तामा ऐश्वर्यले मुख खोलेकी छिन् ।

यस सम्बन्धमा सन् १९९९ मा मनिषामाथि गम्भीर आरोप लगाएकी ऐश्वर्य भनेकी छिन्– ‘म मिस वल्र्डको तयारीमा जाँदा मेरो रोमान्स राजीवसँग भएको थियो भन्ने मनिषा अर्कै युवकसँग डेटिङ गर्दै थिइन् । मनिषा हरेक महिना विभिन्न पुरुषसँग डेटिङ गर्दै हिँड्थिन् । मनिषाको बाम्बे हिट भएपछि उनी मेरो प्रेमीलाई खोस्न चाहन्थिन् । यसै विषयमा हाम्रो सम्बन्धमा चिसोपना आएको हो ।’

प्रतिक्रिया दिनुहोस्