प्रियंका ब्युटी विथ ब्रेन



बलिउड अभिनेत्री प्रियंका चोपडा जति सुन्दरी छिन्, त्यतिकै मात्रामा बौद्धिक क्षेत्रमा पनि तेज छिन् । त्यसैले प्रियंकालाई ब्युटी विथ ब्रेन भनिन्छ । यो कुरा प्रियंका चोडाले फेरि प्रमाणित गरेकी छिन् । हालै मात्र प्रियंका चोपडा ब्युटीकान लस एन्जलसको एक कार्यक्रममा एउटी पाकिस्तानी महिलाले रिस उठ्ने प्रश्न सोधेकी थिइन्– ‘प्रियंका तपाईं संयुक्त राष्ट्रसंघका गुडविल एम्बेसडर हुनुहुन्छ र तपाईं पाकिस्तानमा आणविक युद्धलाई किन प्रमोट गर्दै हुनुहुन्छ? पाकिस्तानी भएकै कारण म जस्तो हजारौं व्यक्तिले तपाईंसँग सधैं सहकार्य गरेका छन् ।’

प्रियंकाले शान्तिपूर्वक उत्तर दिइन्– ‘मेरा धेरै साथीहरु पाकिस्तानमा छन् र म भारतबाट आएकी हुँ । म युद्धलाई बिल्कुल समर्थन गर्दिनँ । तर म देशभक्त पनि हुँ । त्यसैले यदि मैले मलाई प्रेम गर्ने मानिसहरुको भावनामा चोट पु¥याएको छु भने म क्षमा माग्न चाहन्छु । तर मलाई लाग्दैन कि हामी सबै एक हौं । हामी सधैं शान्तिपूर्ण मैदानमा हिँड्नुपर्छ । जस्तो तपाईंले गर्नुभयो । हल्ला नगर्नुहोस्, नहडबडाउनोस्, हामी सबै यहाँ प्रेमका लागि छौं ।’

प्रतिक्रिया दिनुहोस्