१९ तलाबाट फालहाले निखिलले



आफ्नो फिल्मी करियरको पहिलो फिल्म पिँजडाका लागि ७ तल्लाको भवनबाट फालहानेर साहसिक र खतरनाक एक्सन प्रस्तुत गरेका एक्सन नायक निखिल उप्रेतीले त्यसैसँग नाम जोडेर निर्मित फिल्म पिँजडा ब्याक अगेनका लागि १९ तलाबाट फालहाल्ने अर्को साहस देखाएका छन् ।

पिँजडामै ब्याक अगेन थपेर बनाइएको फिल्म भएकाले दर्शकको मागबमोजिम निखिलको करियर शुरु भएको १९ वर्ष पुगेको अवसरमा उनलाई भक्तपुरको ठिमीस्थित राधेराधेअगाडिको भवनको १९ तल्लाबाट फालहाल्न लगाइएको यसैबाट निर्देशनमा डेब्यु गरेका द्वन्द्व निर्देशक हिमाल केसीले जानकारी गराए ।

ओम शाही भक्त सिने आर्ट र ओम शाही मौला कालिका सिनेआर्टको ब्यानरमा श्रीराम बरालको प्रस्तुति तथा रोहित पुरी, गोविन्द गैरे र चन्द्र क्षेत्रीद्वारा निर्मित फिल्ममा कथा, पटकथा र संवाद मौनता श्रेष्ठ, वसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको गीत रचना र संगीत, रामजी लामिछानेको कोरियाग्राफी, निर्देशक केसीकै द्वन्द्व, सौरभ लामाको छायांकन र बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

यही माघ ४ गते अल नेपाल रिलिज हुने फिल्मा निखिलका साथमा सारा सेरपाइली, पुकार भट्टराई, सुस्मिता केसी, सुन्दर श्रेष्ठ, भोलाराज सापकोटा, स्व. बिना थापा, बाल कलाकार कुसाग्र भट्टराईलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्