सौन्दर्य प्रतियोगितामा ब्ल्याक ब्युटीको वर्चस्व



-शाक्यजी

पहिलो ब्ल्याक लेडी मिस अमेरिका बनेकी थिइन् भानेसा विलियम्स । भानेसाले सन् १९८३ मा मिस अमेरिकाको ताज पहिरिएकी थिइन् । सन् १९५१ मा सञ्चालनमा आएको मिस वल्र्ड प्रतियोगिताले पहिलो अश्वेत वर्णकी मिस वल्र्ड विजेता प्राप्त गर्न १९७० सम्म प्रतीक्षा गर्नुपर्‍यो । सन् १९७० मा ग्रेनाडाकी जेनिफर होस्टनले मिस वल्र्डको ताज पहिरिएपछि उनी मिस वल्र्डको ताज पहिरिने पहिलो ब्ल्याक वुमन बन्न सफल भइन् ।

हुनतः सुन्दरताको विशिष्ट परिभाषा हुँदैन न यसलाई मूल्यांकन गर्ने कुनै विशेष माध्यय नै छ । तथापि यसलाई विभिन्न दृष्टिकोणले बुझ्ने र बुझाउने प्रयास हुँदै आएको पाइन्छ । व्यक्तिको बौद्धिकता र व्यक्तित्वसित जोडिएर मूल्यांकन गरिने सौन्दर्य प्रतियोगिताले सहभागीको बाहिरी आवरणलाई जति महङ्खव दिएको हुन्छ, त्यति नै प्राथमिकता उसको आत्मविश्वास, स्वभाव, व्यवहार, सञ्चार कलालगायतका पाटोलाई दिएको पाइन्छ । यति हुँदा हुँदै पनि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुको प्रारम्भ कालखण्डतिर विशेष गरी अफ्रिकी मूलका वा अश्वेत वर्णका सहभागीको उपस्थिति भएको पाइँदैन । सहभागी हुने क्रम विस्तारै बढे पनि सहभागिताका लागि प्रोत्साहन थिएन । अझ प्रतियोगिताको मुख्य उपाधि जित्नु दिवास्वप्न तुल्य थियो । तर ब्ल्याक ब्युटीको अवधारणा विकास भएसँगै कालो वर्णलाई हेरिने दृष्टिकोणमा परिवर्तन आयो र अहिले ब्ल्याक इज राइजिङ ब्युटीको मान्यता विकसित भएको पाइन्छ ।

सौन्दर्य प्रतियोगिताको इतिहास पल्टाउने हो भने मिस अमेरिकालाई संसारकै पहिलो सौन्दर्य प्रतियोगिताका रुपमा लिने गरिन्छ । सन् १९२१ मा पहिलोपटक आयोजना भएदेखि यो प्रतियोगिता हालसम्म पनि निरन्तररुपमा सञ्चालनमा रहेको छ । यो प्रतियोगिताको विजेताका रुपमा अश्वेत वर्णकी अर्थात् अफ्रिकी मूलकी सहभागीले शीर्ष उपाधि जित्दा प्रतियोगिताको इतिहासले ६० वर्ष नाघिसेकेको थियो । पहिलो ब्ल्याक लेडी मिस अमेरिका बनेकी थिइन् भानेसा विलियम्स । भानेसाले सन् १९८३ मा मिस अमेरिकाको ताज पहिरिएकी थिइन् । सन् १९५१ मा सञ्चालनमा आएको मिस वल्र्ड प्रतियोगिताले पहिलो अश्वेत वर्णकी मिस वल्र्ड विजेता प्राप्त गर्न १९७० सम्म प्रतीक्षा गर्नुपर्‍यो । सन् १९७० मा ग्रेनाडाकी जेनिफर होस्टनले मिस वल्र्डको ताज पहिरिएपछि उनी मिस वल्र्डको ताज पहिरिने पहिलो ब्ल्याक वुमन बन्न सफल भइन् ।

सन् १९५२ बाट प्रारम्भ भएको मिस युनिभर्स प्रतियोगितामा ५० वर्षपछि सन् १९७७ मा कालो वर्णकी सुन्दरीको शिरमा मिस युनिभर्सको ताज सजिन सफल भएको थियो । ट्रिनिडाड एन्ड टोबागोकी जेनेली कमीसियोङले मिस युनिभर्सको उपाधि जितेपछि उनी मिस युनिभर्स जित्ने पहिलो ब्ल्याक वुमन बनेकी थिइन् ।

वर्ष २०१९ को मिस अमेरिकाको शीर्ष उपाधिमा आफ्नो नाम लेखाएकी थिइन् नर्थ क्यारोलिनाकी ब्ल्याक लेडी निया फ्र्याङ्क्लिनले । नर्थ क्यारोलिनाकी अर्की ब्ल्याक लेडी चेस्ली कृस्टले मिस यूएसए २०१९ को ताज जित्न सफल भएकी थिइन् । यसै गरी अर्की ब्ल्याक लेडी कनेक्टीकट्की कालिघ गारिसले मिस टिन यूएसए २०१९ ताज जितेकी थिइन् ।

ब्ल्याक वुमनको शिरमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको ताज सजिनु आजको मितिमा पनि ठूलो बे्रकिङ न्युज बन्ने गरेको यथार्थ अझै पनि कायमै छ । सन्दर्भ सन् २०१९ को मिस वल्र्ड र मिस युनिभर्सको अन्तिम परिणामको । दुवै प्रतियोगितामा विजेता बन्न सफल ब्ल्याक लेडी । समाचार यतिमा रोकिँदैन, यो वर्ष मिस अमेरिका, मिस यूएसए र मिस टिन यूएसए यी तीनवटै सौन्दर्य प्रतियोगितामा पनि ब्ल्याक लेडीले प्रतियोगिताको शीर्ष उपाधिको ताज आफ्नो शिरमा सजाउन सफल भए । मिस युनिभर्स प्रतियोगितामा अमेरिकी प्रतिनिधि चयन गर्न सन् १९५२ देखि प्रारम्भ भएको मिस यूएसए प्रतियोगितामा सन् १९९० मिस यूएसए घोषित भएकी क्यारोल एन म्यारी पहिलो ब्ल्याक लेडी हुन् मिस यूएसएको ताज जित्ने । सन् १९८३ देखि आरम्भ भएको मिस टिन यूएसएमा पहिलो ब्ल्याक लेडी विनर बनेकी थिइन् ज्यानेल बिसप । उनले मिस टिन यूएसएको ताज सन् १९९१ मा पहिरिएकी थिइन् ।

वर्ष २०१९ मा मिस अमेरिका, मिस यूएसए, मिस टिन यूएसए, मिस वल्र्ड र मिस युनिभर्स प्रतियोगिताको शीर्ष उपाधिको हकदार बन्न सफल भए ब्ल्याक लेडीहरु । यसलाई संयोग मान्नेहरु उत्तिकै छन् । तर विश्व सौन्दर्य प्रतियोगिताको बजारमा ब्ल्याक लेडीहरुको व्यक्तित्व, बौद्धिकता, क्षमता, प्रतिभा र आत्मविश्वासले देखाएको यो परिणाम र प्रभावलाई मात्र अनौठो संयोग मान्नु ठीक होइन ।

वर्ष २०१९ को मिस अमेरिकाको शीर्ष उपाधिमा आफ्नो नाम लेखाएकी थिइन् नर्थ क्यारोलिनाकी ब्ल्याक लेडी निया फ्र्याङ्क्लिनले । नर्थ क्यारोलिनाकी अर्की ब्ल्याक लेडी चेस्ली कृस्टले मिस यूएसए २०१९ को ताज जित्न सफल भएकी थिइन् । यसैगरी अर्की ब्ल्याक लेडी कनेक्टीकट्की कालिघ गारिसले मिस टिन यूएसए २०१९ ताज जितेकी थिइन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा सबैभन्दा चर्चित मिस वल्र्ड र मिस युनिभर्स २०१९ दुवै स्पर्धाको शीर्ष उपाधिमा पनि ब्ल्याक लेडीको वर्चस्व रह्यो । वर्ष २०१९ को मिस युनिभर्स प्रतियोगिता डिसेम्बर ८ तारिखमा अमेरिकाको जर्जियाको एट्लान्टाको टायलर पेरि स्टुडियोज्मा सम्पन्न भएको थियो । त्यसको ठीक ६ दिनको अन्तरालमा अर्थात् डिसेम्बर १४ मा बेलायतको लन्डनस्थित एक्सल लन्डनमा मिस वल्र्ड २०१९ सम्पन्न भएको थियो ।

मिस युनिभर्स २०१९ ताज जित्न सफल भएकी थिइन् दक्षिण अफ्रिकाकी जोजीबिनी टुन्जी । २६ वर्षीया जोजिबीनी मिस युनिभर्स ताज जित्ने तेस्रो दक्षिण अफ्रिकी महिला हुन् । यसअघि दक्षिण अफ्रिकाबाट १९७८ मा मार्गरेट गार्डिनर र २०१७ मा डेमी ली नेल पिटर्सले मिस युनिभर्सको ताज पहिरिएका थिए । मिस वल्र्ड २०१९ को ताज भने २३ वर्षीया जमैकाकी सुन्दरी टोनी एन सिंहको शिरमा सजिएको थियो । मिस वल्र्डको ताज जित्ने टोनी जमैकाकी चौथो सुन्दरी बनिन् । यस अघि जमैकाबाट सन् १९६३ मा क्यारोल जोन क्रफवार्ड, सन् १९७६ मा सिन्डी ब्रेक्सस्पियर र सन् १९९३ मा लिसा हानाले मिस युनिभर्सको ताज आफ्नो शिरमा सजाएका थिए ।

प्रतिक्रिया दिनुहोस्