भुवन केसीले गाए गीत



धेरैलाई याद नहुन सक्छ अभिनेता तथा निर्माता निर्देशक नायकसँगै गायक पनि हुन्।

उनले जमानामा केही गीत गाएर गायकको छविसमेत निर्माण गरेका छन्। उनै अभिनेता भुवन केसी यसपटकको कामना फिल्म अवार्डस् समारोहमा सरप्राइजस्वरुप गायकका रुपमा देखापरे।

करिब एक दर्जन वाद्यवादकको प्रत्यक्ष संगीतमा भुवनले आफ्नो पुरानो लोकप्रिय गीत जागे जागे सारा रातहरु मायालु आउँछिन् भनेर बोलको गीत गाउँदै दर्शकलाई रोमाञ्चित तुल्याइदिए। भुवन गीत गाउन मञ्चमा जाँदा धेरैले उनले नै यो गीत गाएका हुन् भनेर पत्याइरहेका थिएनन्। धेरैले अभिनेताका रुपमा चिनेका भुवनलाई पुराना कलाकर्मीले उनी गीत पनि गाउँछन् भन्ने थाहा भए पनि धेरैले भने उनले गीत गाउँछन् भन्ने बिर्सिसकेका थिए। तर भुवनले गीत गाउन थालेपछि दर्शकले जोडदार ताली दिएर साथ दिए, उनलाई जोस्याउन हुटिङ पनि गरे।

प्रतिक्रिया दिनुहोस्