आनन्द कार्कीको स्वरमा राजाले गीत सुनाइदिएपछि…



कामना फिल्म अवार्डस् समारोहको पाँचौं संस्करणमा हास्य प्रस्तुति पनि अर्को रोचक पक्ष बन्न पुग्यो।

हास्य कलाकार राजाराजेन्द्र पोखरेल आफ्नो प्रस्तुतिको क्रममा स्टेजमा उक्लेपछि आफूलाई हिजोआज कमेडीभन्दा गायनमा रुचि भएको बताउँदै गीत सुनाउने सुररार गरे। ‘हास्य रसमा मलाई त्यति धेरै जाँगर चलेन। मैले धेरै ठाउँमा हसाएँ। तर हँसाएर मान्छे स्टार हुँदो रहेनछ। छक्कापन्जा, छ एकान छ, वडा नम्बर छजस्ता फिल्मले हँसाएर कति पैसा कमायो, तर हिरोभन्दा जितु नेपाल, माग्ने बुढा, दीपकराज गिरी आदि दिमागमा आउँदैनन्, आउने भनेको त पल, पुष्पल, अनमोल नै हो’, आफ्नो प्रस्तुतिका क्रममा राजाराजेन्द्रले भने– ‘अहिले गायकहरुको पनि राम्रै छ स्थिति। त्यही भएर हँसाउनेभन्दा पनि गीत गाउने सोचमा छु। गीत पनि यस्तो गाउँछु कि अ‍ोरिजनल सिंगर पनि हेर्‍र्याहर्‍यै हुने गरी गाउने क्षमता छ।’ उनले चलेका गायकहरुलाई नै चुनौती दिँदै दाबी गरे– ‘पत्याउनु हुन्न होला, म गाएरै देखाइदिन्छु।’ उनले गाउन शुरु गरे– ‘जनम जनम जिउँलासँगै भाकेर वर पीपलु। यो तन दिएँ, यो मन दिएँ तिमीलाई हे मायालु।’ वास्तवमैै सो गीतका गायक आनन्द कार्कीको दुरुस्तै स्वरमा उनले गीत गाएको सुनेपछि दर्शकदीर्घाबाट जोडदार तालीको आवाज गुन्जियो। राजाराजेन्द्रले आफूले डिटो गाएको र यति तालीले नपुगेको भन्दै आफ्ना लागि अझै ताली बजाउन आग्रह गर्छन्। निहुरिएर ताली सुुनिरहेको बेला हलमा फेरि उही स्वरमा गुन्जियो यो मन दिएँ, यो तन दिएँ। दर्शक भने हेरेको हेर्‍यै भए। उनको ओठ चलेकै थिएन, तर गीत भने गुन्जिरहेको थियो। राजाराजेन्द्रको पोल तब खुल्छ, जब दर्शकले मञ्चमा रहेको विशाल एलईडी स्क्रिनमा दर्शकदीर्घामा बसिरहेका गायक आनन्द कार्की माइक लिएर गीत गाइरहेका देख्छन्। वास्तमा गीत दर्शकदीर्घामा बसेर आनन्दले गाएका रहेछन्, राजाराजेन्द्रले केवल ओठ चलाएर लिप्सिङ गरेका रहेछन् ।

अनि दर्शकसँगै हेरेकोे हेर्‍यै भएका राजेन्द्र गुनासो गर्छन्– ‘दाइ डुबाएरै छोड्नुभयो नि। आनन्द दाइ नै हो सबैभन्दा सोझो र मिठो गीत गाउने भनेर छानेर गीत गाउन लगाकोरु दाइ केटाको पार्ट मात्र गाउनु भनेको होइनरु किन केटीको पार्ट पनि गाइदिनुभएकोरु’
आनन्द भन्छन्– ‘भाइ गायकहरुलाई तिमीले धेरै हेप्यौ यार। म अगाडि हुँदाहुँदै यस्तो कुरा गरिदिनेरु’ राजाराजेन्द्र लज्जित हुँदै सरी भन्छन्। अनि आनन्द थप्छन्– ‘यस्तो माहोल र स्टारहरुको बीचमा कहिलेकाहीँ गीत गाउने मौका पाइन्छ। मेरो स्वर तिम्रो जस्तो भयो भने त मैले चान्स नै पाउँदिनँ निरु अलिअलि मेरो दोकान चल्या छ, त्यो पनि बन्द हुन्छ नि।’ राजाराजेन्द्र चिन्तित हुन्छन्– ‘लिप्सिङ गरेर रियाज नगरी गीत गाउने गायकगायिकाको नक्कल गर्दा आज नराम्रोसँग फसियो।’

 

राजेश हमालले आफ्नै जोक सुनाउँदा चौपट

आनन्द कार्कीको स्वरमा लिप्सिङ गरेर फसेपछि पनि राजाराजेन्द्र आप्mनो प्रस्तुतिलाई निरन्तरता नै दिन्छन्।

आफूले कमेडीको कुनै तयारी नगरेको भन्दै राजाराजेन्द्र प्रस्तुतिलाई अगाडि बढाउँछन्– ‘सिनेमाको यति ठूलो उत्सव भइरहेको छ। सबैलाई सम्मान गर्न चाहन्छु। यति हुँदाहुँदै पनि कसैले रातो टीका निधारमा मात्रै लाए कसैले डमरुको डण्डीबियो उठाए, कसैले जानी नजानी फिल्म बनाए, कसैले फिल्म बनाएर सय कडा दश बुझाउन पनि भ्याए। तर जतिसुकै प्रतिकूलतामा पनि अगाडि बढाइरहने आफ्नो काम, सम्पूर्ण सिनेकर्मीलाई सम्मान र सलाम।’ हलमा तालीको वर्षा हुन्छ, राजाराजेन्द्र जोसिँदै हिजोआज कमेडी सिनेमा चलेको र राजेश हमालको पनि फिल्मभन्दा बढी जोक चल्न थालेको भन्दै आफू राजेश हमालबारे केही जोक सुनाउने उद्घोष गर्छन्। अभिनेता भुवन केसीलगायतको क्यारिकेचर सुनाएपछि जोक शुरु गर्छन्– ‘यसै पनि कमेडी फिल्म त चलिराख्या छ। राजेश दाइको पनि फिल्मभन्दा बढी जोक चलिरा छ। जोक सुनाउँछु माइन्ड नगर्नु है राजेश दाइ।’ राजाराजेन्दै्रले यति भन्दा भन्दैै दर्शकदीर्घाको अघिल्लो रोमा बसिरहेका राजेश हमाल कार्यक्रमबाट उठेर हिँड्छन्।

राजाराजेन्द्र गुनासो गर्छन्– ‘अरुले जोक गर्दा माइन्ड नगर्नु ल भन्दा माइन्ड नै छैन के माइन्ड गर्नु भन्थे। राजेश दाइको धेरै माइन्ड रैछ रिसाएर जानु भो। उहाँ बसेको भए एक दुईओटा जोक भन्दिनथें। अब त बाटै खुल्यो, झन् भन्छु।’ उनले जोक सुनाए– ‘राजेश दाइ वैशाखपछि बादलमाथि जानुहुन्छ र जिम गर्नुहुन्छ। राजेश दाइको पसिना निस्किन्छ, जसलाई हामी पानी परेको भन्छौं।’ जोक सुनाइरहँदा दर्शकमा भने लगातार हाँसोको फोहरा छुटिरहेको हुन्छ। ‘चट्याङ परेको चाहिँ राजेश दाइको डम्बेल ठोकिएको आवाज हो। राजेश दाइले कस्तो मौका गुमाउनुभयो। उहाँको राम्रो तारिफ गर्नेवाला थिएँ, तर उहाँ उठेर हिँड्नुभयो’, अर्को जोक शुरु गर्छन्– ‘भगवान्को पालामा राम र रावणको युद्ध चलिरहेका बेला कुम्भकर्ण निदाइरहेको थियो। उसलाई उठाउनका लागि कति मानिसले खानेकुरा सुँघाए। तर कुम्भकर्ण केही गर्दा नउठेपछि रावण पुष्पक विमान चढेर सीधा लैनचौरमाथि आएर ल्यान्ड गरी राजेश दाइको घरमा पुग्नुभयो र राजेश दाइलाई अनुनयविनय गर्न थाल्नुभयो। राजेश दाइ कुम्भकर्ण निदाइरहेको छ रामको सेनाले लंका सखाप पार्न लागिसके। तपाईंले केही गरिदिनु भनेपछि राजेश दाइले भएभरको भित्रै आन्द्रादेखि आवज निकालेर हे,,, भन्नुभयो।’ राजा राजेन्द्रले हे… भन्दा दुरुस्तै राजेशको आवाज निकालेका थिए। उनी थपिरहेका थिए ‘तब कुम्भकर्ण जुरुक्कै उठ्यो।’ राजा राजेन्द्रले यति भन्नेबित्तिक्कै पछाडिबाट फेरि हे को आवाज सुनिन्छ। राजाराजेन्द्र पछाडि फर्केर हेर्छन् त राजेश हमाल आफूसामु आइरहेको। राजाराजेन्द्र डराउँदै ‘सरी दाइ सरी तपाईंको राम्रै कुरा गरिराको थिएँ’ भन्छन्। पछि थाहा हुन्छ, अघि राजेशको आवाजमा हे भन्ने राजाराजेन्द्र होइन रहेछन्। ब्याक स्टेजमा बसेर राजेशले नै माइक लिएर हे भनेका रहेका छन्।

राजाराजेन्द्रलाई हौस्याउँदै र हाँस्दै राजेश भन्छन्– ‘जोक त तपाईं राम्रै गर्नुहुँदो रहेछ नि। आफ्नै जोक्समा हाँस्न सकेन भने त्यो मर्द के मर्द हैनरु अझै अर्को जोक जाओस् न त।’ राजेशले यसो भनिरहँदा दर्शकदीर्घाबाट जोडदार ताली र हुटिङ थपिन्छ।

राजेन्द्र भन्छन्– ‘अगाडि आउनुभयो भनेर सातो गइसकेको थियो, पोडियम भएको भए म जान्थे खुट्टा कामेको देखिँदैनथ्यो।’ राजेन्द्रको कुरा सुनेर राजेश हमाल उनको खुट्टा छुन खोज्छन्, राजेन्द्र रोक्दै भन्छन्– ‘पर्दैन दाइ, फेरी युट्युबमा राजेश हमालले किन समाते राजा राजेन्द्रको खुट्टा भनेर फोटो राख्दिन्छन्।’ राजेन्द्र जोक थप्छन्– ‘थाहा छ सिमाना फिल्ममा राजेश दाइले उकाली ओराली गर्दै भन्ने गीतमा नाच्न समुद्रमा माटोका ढिस्काहरु राखेर प्राक्टिस गर्नुुहुन्थ्यो। त्यसलाई अहिले हामी माल्दिभ्स भन्छौं।’ राजाराजेन्द्रले हमालको जोक सुनाइरहेपछि राजेश हमाल आफै पनि आफ्नो जोक भन्न अघि सर्छन्। ‘अहिले आउँदा आउँदै सामाजिक सञ्जालमा मेरो फोटो राखिएको रहेछ। जहाँ मैले हट लेमन समातेको थिएँ र त्यहाँ लेखिएको थियो राजेश दाइले कागती पानी समातेपछि त्यो हट लेमन भयो। अनि अर्कोले कमेन्ट गर्नुभयो त्यो कप भुइँमा नझार्नु है दाइ फेरि काठमाडौंमा बाढी आउँछ’, राजेशले जोक थपे– ‘मेरो अर्को अल टाइम फेवरेट जोक सुनाउँछु। म इन्डिएन एम्बेसी र ब्रिटिस एम्बेसीका बीचमा बस्छु। एक जनाले सोध्नुभएछ राजेश दाइको घर इन्डियन एम्बेसी र ब्रिटिश एम्बेसीको बीचमा किन छरु अर्कोले भनेछ कि त्यो दुई एम्बेसीलाई सुरक्षा चाहिएनरु’ राजेश हमाल आफैले आफ्नो जोक सुनाउँदा दर्शकले निकै रमाइलो मानेर सुनिरहेका थिए भने समारोहमा लगातार हाँसो र ताली गन्जिरहेको थियो। यो देखेर राजाराजेन्द्र ‘अब राजेश दाइले नै जोक गर्न थालेपछि हाम्रो के जोर चल्छरु म जान्छु’ भन्दै स्टेजबाट बिदा हुन्छन्।

प्रतिक्रिया दिनुहोस्