कोरोनाको घाउमा कलाकर्मीको मल्हम, पल एक्लैले ५ लाख सहयोग गर्ने



– रश्मी थापा

विश्व नै कोरोनाको कहरबाट अक्रान्त भइरहेको समयमा नेपालमा पनि यो संक्रमण देखिएको छ। कोरोना संक्रमणबाट हुने कोभिड १९ बाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहँदा मानिसहरुको जनजीवन निकै प्रभावित भइरहेको छ।

कोरोनाको जोखिमका कारण देशमा जारी लकडाउनले गर्दा कयौं मानिसहरु यसको चपेटामा परेका छन् भने दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने वर्गहरुको स्थिति दयनीय बन्न पुगेको छ। नेपाली फिल्म क्षेत्रमा पनि त्यस्ता वर्गहरु छन्, जो दिनभर फिल्डमा काम गरेर बेलुकीको छाक जुटाउन बाध्य छन्। लकडाउनका कारण फिल्मको निर्माणदेखि छायांकन र प्रदर्शनसम्मको काम ठप्प हुुुँदा फिल्मका यी मजदुरहरुको कमाइखाने बाटो नै बन्द हुन पुगेको छ। यस्तो समस्यामा परेकाहरुका लागि लक्षित गरेर केही सहयोगी हातहरु जुटिरहेको भए पनि ती प्रभावकारी हुन सकिरहेको छैन। यस्तो असहज परिस्थितिमा जनताको समस्यामा सरकारले नै आँखा चिम्लिरहेको समयमा नेपाली कलाकर्मीहरुले भने सहयोगको हात बढाइरहेका छन्।

यही क्रममा नायक पल शाहले फिल्म क्षेत्रमा आश्रित प्राविधिकहरुका निम्ति सहयोगको हात अघि बढाएका छन्। नायक पल शाह रिल लाइफमा जस्तै रियल लाइफमा पनि हिरो बनेर अगाडि आएका छन्। उनी दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने फिल्म प्राविधिकहरुका लागि लकडाउनका कारण परेको समस्यासँग जुध्न पाँच लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेर रियल लाइफको पनि हिरो बनेका हुन्। फिल्म प्राविधिकहरुलाई पाँच लाख सहयोग गर्ने घोषणा गरेसँगै फिल्म क्षेत्रबाट उनको तारिफमाथि तारिफ भइरहेको छ। दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुलाई परेको संकटप्रति ध्यान दिँदै यस्तो घोषणा गरिएको शाहले बताएका छन्। पलले आर्थिक स्थिति कमजोर भएका प्राविधिक तथा सहयोगीहरुका लागि सहयोग गर्ने घोषणा गरेका हुन्। उनले व्यक्तिगत तर्फबाट पाँच लाख रुपियाँ सहयोगको घोषणा गर्दै सो सहयोग आप्mनै हातबाट प्रदान गर्ने इच्छा व्यक्त गरेका छन्।

पलले आर्थिक अवस्था कमजोर भएका र फिल्म क्षेत्रमा सक्रिय रहेका प्राविधिकको साथमा आफू रहको र केही अप्ठ्यारो परे सहयोग गर्न तयार भएको उल्लेख गरेका छन्। आफूले पनि दुःख र अभावका दिन भोगेकाले सहयोग गर्न तत्पर भएको पलले बताएका छन्। ‘मेरा लागि एक हजारले पनि निकै महत्व राख्छ। त्यही पनि मेरोभन्दा अरु कसैको अवस्था कमजोर छ भने उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो। मैले एकमुष्ठ सहयोग कसैलाई दिएँ भने कसलाई जान्छ, जान्छरु त्यसैले विपन्न तथा आर्थिक स्थिति कमजोर भएका प्राविधिकहरु छनोट गरेर आफैले रकम दिने निर्णय गरेको छु।’ –पलको भनाइ छ। यो निर्णयपछि पलले खाद्यान्न किनेर आफै प्राविधिकहरुको घरमै पुर्‍याएका थिए।

त्यसैगरी नायिका तथा निर्मात्री पूजा शर्माले कोरोना भाइरस संक्रमणको जोखिमलमाई न्यूनीकरण गर्न सरकारले लगाएको लकडाउनका कारण समस्यामा परेका विपन्न प्राविधिकहरुलाई दुई लाख बराबरको खाद्यान्न सहयोग गरेकी छिन्। ‘यतिबेला कोरोना संक्रमणका कारण मानव जीवन संकटमा छ। यो अवस्थामा एकले अर्काको सहयोग गर्नु हामी मानवको कर्तव्य हो। मलाई विश्वास छ, यो संकटबाट हामी चाँडै बाहिर आउनेछौं। तर, कोरोना संक्रमणका कारण नेपाली फिल्मक्षेत्रका केही प्राविधिकहरु समस्यामा छन्। कलाकारको दुःख र सुखमा साथ दिने तिनै प्राविधिकहरुका लागि यो समयमा सहयोग गर्नु हामी सबैको कर्तव्य हो’, पूजाको भनाइ छ– ‘यसैले, प्राविधिक दाजुभाइ तथा दिदीबहिनीहरुको कामको उच्च सम्मान गर्दै यो संकटको घडीमा मैले आप्mना तर्फबाट २ लाख रुपियाँ बराबरको खाद्यान्न सहयोग गर्न लागेकी हुँ। यो संकटको घडीमा हामी फिल्मकर्मी सबैले आप्mना तर्फबाट कुनै न कुनै किसिमबाट आवश्यक पर्ने फिल्मकर्मीलाई नै सहयोग गरेको खण्डमा यो समस्याबाट कसैलाई पनि अप्ठ्यारो पर्नेछैन।’ उनले खाद्यान्न किनेर प्याक गरी प्राविधिकहरुको घरघरमै पुर्‍याएकी छिन् भने जनावरहरुलाई पनि खाना खुवाएकी थिइन्।

अभिनेता तथा निर्माता दीपकराज गिरीले प्राविधिकहरुलाई खाद्यान्न किनेर सहयोग गर्न एक लाख १० हजार रुपियाँ प्रदान गरेका छन्। उनले फेसबुकमा एक स्ट्याटस लेख्दै सहयोगको घोषणा गरेका थिए। ‘हामीलाई सुटिङको समयमा भोक लाग्दा खाना खुवाउने, गर्मी हुँदा छाता ओढाउने, हामीलाई राम्रो देखाउन गह्रौं लाइट उचाल्ने प्राविधिकहरूका लागि यो कठिन समय हो। अतः सबै मिलेर केही सहयोग गरौं। हाम्रो तर्फबाट १ लाख १० हजार रुपियाँ दिँदै छौं१ फिल्म क्षेत्रका इच्छुक साथीहरूले पनि इनबक्स गर्न सक्नुहुनेछ। आउनुस्, एकमुष्ट सहयोग गरौैं।’ –उनले भनेका छन्। दीपकमार्फत अभिनेत्री स्वस्तिमा खड्का, रमेश उप्रेती, अनुराग कुँवर, गौरव पहारी, केकी अधिकारी, ऋचा शर्मालगायतले फिल्मका प्राविधिकहरुलाई सहयोग गरेका छन्।

उनीहरुले गरेको सहयोग रकम भने खुलाइएको छैन। ‘हामीकहाँ सहयोगभन्दा यसबारे नेगेटिभ कुराहरु बढी आयो। यस्तो परिस्थितिमा सबै जुटेर आफूले सक्दो सहयोग गर्ने बेला हो। तर यसले यति पैसा दियो उसले यति मात्र दियो जस्ता कुराहरु आएकोले अमाउन्ट नखोलीकन एक आपसमा सहयोग जुटाएका छौं।’ –दीपकले जानकारी गराए।

नायिका वर्षा शिवाकोटीले पनि लकडाउन भएको छैटौं दिन फेसबुकमा एक भिडियो सन्देश शेयर गर्दै सहयोगको घोषणा गरेकी थिइन्। ‘देश लकडाउन भएको आज छैठौं दिन, आजको दिनसम्म देशभित्र यो भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन। म भगवान्सँग यही प्राथर्ना गर्दछु कि हाम्रो देश, हामी नेपाली कसैलाई केही नहोस्। सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपालीलाई असर परेको छ। तर पनि विशेष गरेर दिनरात मजदुरी गरेर जीविकोपार्जन गर्नुहुने हाम्रा दाजुभाइ दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ’, वर्षाको भनाइ छ– ‘सरकारले उहाँहरुका लागि जति सक्दो चाँडो राहतको व्यवस्था गर्नेछ भन्ने आशा गरौं।

यसका लागि मेरो व्यक्तिगततर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा एक लाख रुपियाँ जम्मा गर्न चाहन्छु र मेरो इच्छा, यो पैसा ती हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओस्, जसले दैनिक काम गरेर जीवन गुजारा गर्नुहुन्छ१ मलाई यो पैसाले आफैले राहत किनेर ती दाजुभाइ दिदीबहिनीसमक्ष पुर्‍याउने इच्छा थियो। तर नेपाल सरकारले सुरक्षित हुन दिएको आदेशलाई हामी सबै नेपालीले मान्नै पर्छ। त्यही मान्ने क्रममा म पनि सुरक्षित रहन लकडाउनमा भएकोले नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमार्फत दिने सोच बनाएँ।’ –उनले फेसबुकमार्फत जानकारी गराएकी थिइन्। उनले लेखेकी छिन्– ‘देश बचाउन दिनरात भोकभोकै खट्नु हुने मेडिकल सेक्टरबाट डाक्टरहरु, नर्सहरु र मेडिकलसँग सम्बन्धित अन्य व्यक्तिहरु र हाम्रा देशका खम्बा दाजुभाइ दिदीबहिनीहरु, कोरोना भाइरसबाट बचाउन लाग्नुभएका अन्य क्षेत्रका व्यक्तिहरुमा नमन।’

वर्षाले लकडाउनका कारण मानिसहरु घरबाट बाहिर ननिस्केका कारण खान नपाएका आफ्नो टोलका कुकुरलाई पनि खाने कुरा खुवाउँदै आएकी छिन्। ‘हामी घरमा दिनदिनै नयाँ नयाँ परिकारहरु बनाएर खाइरहेका छौं। तर यिनीहरुका बारेमा कसले सोच्ने, जो हाम्रो खानामा निर्भर छन्रु न बोल्न नै सक्छन् न भोक लाग्यो भन्न नै१ हामी सबैमा यिनीहरुप्रति माया नहोला, तर मानवता भने पक्कै छ। आफ्नो घर वरिपरिका जनावरलाई आफूले सक्नेसम्म खाना खुवाऔं।’ –उनले कुकुरहरूलाई खाना खुवाइरहेको फोटो तथा भिडियो फेसबुकमा राख्दै लेखेकी छिन्।

कोरोना संक्रमण ९कोभिड–१९०प्रति सचेतता अपनाउँदै लागू गरिएको लकडाउनका कारण रगतको अभाव भएको यो समयमा फिल्म प्रेमगीत ३ युनिटले सामाजिक दूरी कायम गर्दै गत चैत २७ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ। ग्रीन सिटी अस्पताल, वसुन्धरासँगको सहकार्यमा प्रेमगीत ३ युनिटले रक्तदान कार्यक्रम गरेको हो। कार्यक्रममा फिल्मका मुख्य अभिनेता प्रदीप खड्का, मनिष राउत, अभिनेत्री कृष्टिना गुरुङ, गायक प्रताप दास, गायिका प्रविशा अधिकारी, नेपाल प्रहरीलगायत ३५ जनाभन्दा बढीले रक्तदान गरेका थिए। कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउन भएको अवस्थामा रेडक्रसमा रगत अभाव भएको जानकारी पाएपछि प्रेमगीत ३ युनिटले भीडभाड नगरी दुई/दुई तीन/तीन जनाको समूहमा विभाजित भई रक्तदान गरेको हो।

अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले पनि लकडाउनको समयमा आप्mनो छिमेकमा डेरा गरी बस्ने आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई खाद्यान्न सहयोग गरेकी छिन्। करिश्माले दाल, चामललगायतका दैनिक उपभोग्य आवश्यक खाद्यान्न वितरण गरेकी हुन्। उनले काठमाडौंबाहिर घर भई टौखेल वरपर डेरा गरी बस्नेलाई सम्पर्क गर्न आग्रह गर्दै खाद्यान्न सहयोग गरेकी हुन्। उनले फेसबुकमा स्ट्याटस राख्दै आफूले केही व्यक्तिलाई सहयोग गरेको र तयारी पूरा गरिनसकेकाले केहीलाई यसै फर्काउनुपरेकोमा दुःखित भएको भन्दै उनीहरुलाई पनि सहयोग जारी राख्ने बताएकी छिन्। साथै आफ्नो घर वरिपरि रहेका आवश्यक परेकालाई सहयोग गर्न अरुलाई पनि अनुरोधसमेत गरेकी छिन्।

जर्मनीमा बसोबास गर्ने अभिनेत्री तथा निर्मात्री आशिका तामाङ पनि यस बेला नेपालमा समस्यामा रहेका व्यक्तिहरुको सहयोगमा जुटिरहेकी छिन्। आफ्नो नाममा ग्रीन एन्ड क्लिन आशिका नामक फाउन्डेसन स्थापना गरेर सरसफाइलगायतका सामाजिक कार्य गर्दै आएकी उनले फाउन्डेसनमार्फत सहयोगीको सहयोगमा खाद्यान्न वितरण गरिरहेकी छिन्।

हास्यव्यंग्य कलाकार किरण केसीले पनि लकडाउनका समयमा चामल र मास्क सहयोग गरेका छन्। उनले दैनिक मजदुरीमार्फत जीविकोर्पाजन गर्ने मजदुरहरुका लागि सय बोरा चामल र १० हजार थान माक्स महालक्ष्मी नगरपालिकालाई हस्तान्तरण गरेका थिए।
यसैगरी नायिका वर्षा राउतले ५१ हजार, नीता ढुंगानाले ३५ हजार, निर्माता तथा वितरक गोपालकाजी कायस्थले ११ हजार, निर्माता तथा निर्देशक श्रीकृष्ण चापागाईंले एक लाख २२ हजार, फिल्म सोसाइटी नेपालले ३० हजार, अर्जुन तिवारीले २० हजार, पुष्कर राउतले १५ हजार र रिवाज फाउन्डेसनका अध्यक्ष दुर्गा विसुरालले ३० हजार रुपियाँ सहयोग गरेका छन्।

त्यसै गरी गायक तथा निर्माता अर्जुनकुमारले कोरोना नियन्त्रण कोषमा ५० हजार, गायक प्रकाश सपुतले २ लाख रुपियाँ, नेपाल चलचित्र कलाकार संघले १ लाख १ हजार, लोकगायक बद्री पंगेनीले ५० हजार रुपियाँ कोरोना प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्। यसका साथै अन्य कलाकर्मीले पनि आफ्नो तर्फबाट कुनै न कुनैरुपमा सक्दो सहयोग गरिररहेका छन्। यस अवस्थामा सिनेमा हलहरुले भने आप्mना कर्मचारीहरुलाई तलबी बिदा दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्