दोषीलाई ५ बर्ष कैद



दुई नेपाली अभिनेत्रीको नक्कली पोर्न भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यस्ता भिडियो बनाउने व्यक्तिको खोजीलाई तीव्र बनाएको छ।
केही समयदेखि नेपाल र भारतका ह्याकरहरूले एकले अर्को देशका बिभिन्न बेवसाइड ह्याक गर्ने गरेपछि नेपाल प्रहरीले सजकता अपनाइरहेका बेला दुई नेपाली अभिनेत्रीको उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यस्तो भिडियो बनाउने नेपाली नागरिक हुन् वा भारतीय हुन् उनीहरूका बारेमा अनुसन्धान गरिरहेको छ।

महानरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दीपक थापाले अनुसन्धानलाई तीव्र बनाएको जानकारी दिएका छन्। उनले यदि उक्त भिडियो नेपाली नागरिकले बनाएको भए जुनसुकै देशबाट पक्राउ गरी नेपाल ल्याएर कारबाही गर्ने जानकारी दिए।

यदि विदेशी नागरिक रहेछन् भने काउन्टरपार्टसँग कुरा गरेर त्यही देशको कानुनअनुसार कारबाहीका लागि आग्रह गरिने जानकारी गराए।
नेपाली नागरिकले उक्त भिडियो बनाएको पत्ता लागेमा विद्युतीय कारोवार ऐन–२०६४ अनुरूप ५ वर्ष जेल सजाय हुने उहाँले जानकारी दिए। अहिले नेपाल प्रहरीको साइबर ब्युरोले उक्त घटनाका बारेमा अनुसन्धान गरिरहेको छ। तर हालसम्म कोही पक्राउ परेको छैन भने प्रहरीले उक्त पोर्न भिडियो कसले कहा“बाट अपलोड गरेको हो भन्नेबारे समेत पत्ता लगाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्