रोजिनको लाइभ टक शो



राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मञ्चीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापनलगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले फेसबुक पेजमा सञ्चालनमा ल्याएको लाइभ टक शो लोकप्रिय हुन थालेको छ।

स्पीक टु मी नाम दिइएको टक शो शाक्यले ५ साताबाट नियमितरूपमा शुक्रबार र शनिबार साँझ ४ बजेदेखि करिब एक घण्टा सञ्चालन गर्दै आएका छन्। विशेषतः फेसन, मोडलिङ, ब्युटी, सञ्चार, अभिनय तथा सौन्दर्य प्रतियोगिताका क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिको उपलब्धि, उनीहरूको क्यारियर, व्यावसायिक यात्राको विभिन्न पाटोस“गै व्यक्तिगत जीवनका रमाइला पक्षहरूको सेरोफेरोमा सो कार्यक्रम केन्द्रित रहेको छ। कार्यक्रमको प्रारम्भिक चरणमा उल्लिखित क्षेत्रका व्यक्तिहरूमा केन्द्रित रहे तापनि विस्तारै यसको स्वरूपमा समाजका अन्य क्षेत्रमा महङ्खवपूर्ण उपलब्धि हासिल गरेका युवाहरूलाई पनि समेटिने रोजिनले बताए।

टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा यसअघि विसं २०५८ सालमा च्यानल नेपालको पर्दामा नेपाली चलचित्र सम्बन्धी दुई कार्यक्रमहरू सप्तरंगी र सिनेबाइट्स सञ्चालन गरेका रोजिनले २०६० सालमा एनटिभी टुमा प्रवेश गरेका थिए। त्यहाँ करिब ६ वर्षसम्म फेसनसम्बन्धी कार्यक्रम फेसन बज र चलचित्रसम्बन्धी कार्यक्रम सिने सिज्लर नामक कार्यक्रमको प्रस्तोता एवं निर्माताको रूपमा भूमिका निर्वाह गरेका थिए। यसैगरी केही समयअगाडि ईमेज टेलिभिजनबाट प्रसारण भएको अभियनसम्बन्धी टेलिभिजन रियालिटी शो नेसनल एक्टिङ कम्पिटिसनको सञ्चालनको जिम्मेवारी पनि उनले निर्वाह गरेका थिए। उनी १२ वर्षदेखि नेपाल भाषाको समाचार वाचकका रूपमा प्रस्तुत हँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्