स्टेजमै विन्स्लेट र ज्यान्नीको चुम्बन



हालै अमेरिकामा आयोजित हलिउड फिल्म अवार्ड कार्यक्रममा अभिनेतृद्वय केट विन्स्लेट र एल्लिसनले खुसी बाँड्ने क्रममा स्टेजमै चुम्बन गरेका छन् । वन्डर ह्विल नामक फिल्मका लागि हलिउड एक्ट्रेस अवार्ड जितेकी विन्स्लेटले जीवनीमा आधारित आगामी फिल्म आई, टोन्यामा सशक्त भूमिका निर्वाह गरेबापत सम्मानित गरिएका ज्यान्नीलाई स्टेजमा खुसी भएर ‘मलाई कसरी खुसी व्यक्त गरुँ, गरुँ लाग्यो’ भन्दै ठट्टा गरी अँगालो हालेर उनलाई चुम्बन गरेकी थिइन् । विन्स्लेटले भनिन्– ‘ज्यान्नी पनि यही कोठामा छिन् । ज्यान्नी मैले तिमीलाई त्यति राम्ररी चिनेको त छैन, तर म पनि तिमीजस्तै बन्न चाहन्छु । के म तिमीलाई सँधै चुम्बन गर्न सक्छु ? शायद, सक्छु होला।’ उनले यसो भन्दा उपस्थित दर्शक हाँसेका थिए ।

प्रतिक्रिया दिनुहोस्