फसायौ मीठो बोलेर



लोकप्रिय अन्तर्राष्ट्रिय टेलिभिजन सिंगिङ रियालिटी शो द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमालको भ्वाइसको सफल यात्रापछिको पहिलो गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

मेचुले फसायौ नि मीठो बोलेर बोलको गीत सार्वजनिक गरेकी हुन्। लोकभाकामा तयार पारिएको यो उनको पहिलो एकल गीतको म्युजिक भिडियो हो। यो गीतको म्युजिक भिडियोमा गायिका मेचु आफैले अभिनय र नृत्य गरेकी छिन्। भिडियोमा मोडल सुजन मार्फा तामाङले नृत्य गरेका छन्। मौलिक गीतलाई मगर समुदायले कान राहा (हामी आयौं)बाट अप्रभंश हु“दै कौरा भन्ने गरेको मानिन्छ। लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत रहेको गीतमा संगीत संयोजन देवेश राईले गरेका छन्। अनिल के मानन्धरले छायांकन गरेको भिडियो मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशनमा तयार भएको छ। प्रवीण भट्टले सम्पादन गरेको भिडियो मेचु धिमालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्