अहिले नै तीजको गीत



यसै पनि नेपाली हिन्दू नारीहरुको चाड हरितालिका तीज आउनु धेरैअगाडि नै यससम्बन्धी गीत तयार पार्ने गरिन्छ। त्यसमाथि यसपालि त झन् कोरोना संक्रमणबाट हुने (कोभिड–१९को) जोखिमका कारण लगाइएको लकडाउनले सबैलाई फुर्सदै फुर्सद छ। यही फुर्सदको मौका पारेर आगामी भदौमा पर्ने तीजका लागि अहिले नै गीत तयार पारिएको छ। गायक कृष्ण काफ्ले र गायिका मीरा तामाङको स्वरमा जाम कि नजाम भो बोलको तीज गीत म्युजिक भिडियोसहित बजारमा आएको छ।

कृष्ण काफ्लेको शब्द तथा लय सिर्जना रहेको गीतमा महेश पुनको एरेन्जमेन्ट रहेको छ। गीतमा चेलीको मनको पीडालाई समेटिएको छ। चेलीले भोगेको पीडा र उसको परिवारस“गको आपसी मायालाई गीतमा समेटिएकाले यसलाई दर्शक स्रोताले मन पराउने विश्वास गायिका मीरा तामाङको रहेको छ। भिडियोमा दुर्गा पौडेलको छायांकन, नवीन घर्ती मगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन र माधव श्रेष्ठको कोरियोग्राफी रहेको छ। भिडियोमा मीरा तामाङ र कृष्ण काप्mलेको अभिनय तथा नृत्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्