यौन आरोप



हलिउड अभिनेतृ पोर्सिया डी रोस्सीले अभिनेता तथा फिल्म निर्माता स्टेभन सिगललाई यौन उत्पीडिन गरेको आरोप लगाएकी छिन् । द अरेस्टेड डभलेपमेन्टकी अभिनेतृ तथा अमेरिकी टक शोका प्रस्तोता एललेन डिजेनेरेसकी पत्नी रोस्सीले ट्विटरमार्फत सो आरोप लगाएकी हुन् । एउटा फिल्मको अडिसनका क्रममा आफ्नो लेदर ट्राउजरको फस्नर खोल्नुअघि सिगलले स्क्रिनबाहिर आपसी केमिस्ट्री मिल्नु कति जरुरी हुन्छ भनेको आरोप उनले लागाएकी छिन् । तर, सिगलका म्यानेजरले उनले यसबारे केही पनि टिप्पणी गर्न नचाहेको जानकारी बीबीसीलाई दिएका छन् । ६५ वर्षीय सिगल असी र नब्बेको दशकमा एक्सन रोलका लागि चर्चित थिए ।

प्रतिक्रिया दिनुहोस्