करण र काजोलबीच पुनः मित्रता



बलिउड फिल्मकर्मी करण जोहरले अभिनेतृ काजोलसँगको सम्बन्ध नवीकरण भएको बारेमा केही बताउन चाहेनन् । तर, उनले काजोल आफ्नो लागि सधैं विशेष कलाकार रहिरहने बताएका छन् । निर्देशकसमेत रहेका करणले आफ्नो आत्मकथामा काजोलको पति तथा अभिनेता अजय देवगणले ए दिल है मुस्किल र शिवाय रिलिज गरेपछि काजोलसँगको २५ वर्ष लामो सम्बन्ध समाप्त भएको उल्लेख गरेका थिए । करणले ती फिलम रिलिज हुनुअघि अजयले आफूलाई केही नराम्रो कुरा भनेकाले उनले काजोलसँगको लामो समयदेखिको मित्रता तोडेको खुलाएका छन् । तर, हालै ती दुईबीचको सम्बन्धमा पुनः सुधार आएको भारतीया सञ्चारमाध्यले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्