पोर्न सिनेमा एउटा दमित यथार्थ



हामी सोच्दा हौं यस्ता सिनेमाका निर्देशकहरू पनि बीसे⁄बाइसे पठ्ठाहरू मात्रै होलान् । तर, होइन पोर्न निर्देशकहरू ८० वर्षको हाराहारीका पनि छन् र थुप्रै महिला पनि छन् । नेपालको परिवेशमा भने घोषितरूपमा अर्चना पनेरु र बिन्दु परियारको नाम यो क्षेत्रसित जोडिएको पाइन्छ ।

कमल सुवेदी

हा मी चर्चा गरौंला या नगरौंला, त्यो आफ्नो ठाउँमा छ । तर, आजको दुनियाँमा किशोरावस्थादेखि वयश्क र प्रौढावस्थाका अधिकांश मान्छे पोर्न सिनेमासित परिचित छन् । नेपालमा सरकारले सीधै पोर्न सिनेमा भनेर स्वीकृति त दिएको छैन । तर, झण्डै पोर्न दृश्य भएका लघु सिनेमाहरु यु ट्युबमा प्रशस्त आउन थालेका छन् । नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ राज्यको निकायले निर्माण र प्रदर्शनको स्वीकृति दिएपछि प्रदर्शन हुने सिनेमाहरुले बराबरी हैसियतमा राज्यबाट प्राप्त सुविधा पाउँछन् ।

नेपालमा बलिदान र एटीएम दुवैखाले सिनेमाले राज्यको सुविधा बराबरी पाए । अन्य देशमा फरक शैली र विषयवस्तु भएका सिनेमा प्रदर्शन गर्ने हल नै फरक हुन्छन् भने तिनमाथि राज्यले दिने सुविधा र तिनले राज्यलाई तिर्नुपर्ने करको दायरामा धेरै फरक हुन्छ ।


प्रसंग पोर्न सिनेमाको हो, विश्वका धेरै देशमा पोर्न सिनेमा बन्दछन् । पोर्न उद्योगको अन्तर्राष्ट्रिय मान्यताअनुसार पर्दामा देखिने कलाकारको उमेर १८ वर्षभन्दा माथि हुनुपर्दछ । यो कुराको पुष्टि राज्यको निकायले दिने उमेरको प्रमाणित पत्रले गर्नुपर्दछ । कलाकारले निर्मातालाई त्यस्तो प्रमाणपत्र पेस गर्दछन् र निर्माताले सम्बन्धित फिल्म बोर्डमा सो प्रमाणपत्रसहित आवेदन दिन्छ र त्यसमा स्वीकृति प्राप्त भएपछि छायांकनको काम शुरु हुन्छ ।

आजभन्दा हजारौं वर्षअघि कामसूत्रको परिकल्पना भयो, पोर्न सिनेमाको प्रसंग चल्दा कामसूत्रको अवश्य उल्लेख हुन्छ तर कामसूत्र शास्त्रीय विधि पद्धति हो यौन विषयक । यसको यौनकलाको प्रस्तुति पोर्न सिनेमासित मिल्दोजुल्दो भए पनि कामशास्त्र आफैंमा पोर्नशास्त्र भने होइन । वास्तवमा पोर्न सिनेमा भनेर नै दर्शक माझचाहिँ सन १८९६ मा आएको हो । नेपालमा सिनेमा भन्ने वस्तुका बारेमा जानकारी हुनुभन्दा अघि नै विश्वमा पोर्न सिनेमा आइपुगेको हो ।


पोर्न कलाकारको पारिश्रमिक चर्चा भएअनुसार प्रतिदृश्य ३ सय डलरदेखि १० हजार डलरसम्म रहेको पाइन्छ । यो क्षेत्रका नवप्रवेशीले प्रतिदृश्य ३ सय डलरका दरले काम थाल्छन् भने स्थपित हुँदा⁄नहुँदै उनीहरुको दर बढ्दै जान्छ । स्थापितहरु त अझ वाषर््िाकरूपमै अनुबन्धित हुने प्रचलन पनि रहेको पाइन्छ । जसअनुसार उनीहरुले वाषर््िाक १० लाख देखि १५ लाखसम्म पनि लिएको पाइन्छ । हामीलाई सुन्दा अचम्म लाग्न सक्छ, मदिराको चुस्कीसँगै खुला प्राकृतिक र अप्राकृतिक यौनाचारका दृश्यहरु पस्कने पोर्न स्टारहरुमध्ये धेरै शाकाहारी पनि हुन्छन् र स्वभावैले लजालु प्रवृत्तिका हुन्छन् ।

अझ कतिपय पोर्नस्टार त श्रीमान्–श्रीमती नै हुन्छन् । तिनले श्रीमान्–श्रीमतीबाहेक आफूले अन्यसित यौन सम्बन्ध नराखेको दाबी गर्दछन् । आज बलिउडमा प्रवेश गरेर तहल्का मच्चाएकी पूर्वक्यानेडियन पोर्नस्टार सन्नी लियोनले समेत एकपटक पत्रकारमाझ यस्तो दाबी गरेकी थिइन् । अर्काे अचम्म लाग्ने कुरा उनीहरु चुलबुले नभएर औधी अन्तर्मुखी र एकान्तप्रेमी हुन्छन् । अल्प विकसित राष्ट्रहरुमा निम्न आय र निम्न पारिवारिक पृष्ठभूमि भएकाहरु तथा यौन व्यापारलाई पेसा बनाउनेहरु पोर्न कलाकारका रूपमा आए पनि विकसित राष्ट्रहरुमा उच्च घरानिया परिवारका युवा–युवती पनि यो क्षेत्रमा लागेका पाइन्छन् ।

सोखले घरायशी प्रयोजनका लागि श्रीमान्–श्रीमती र केटा साथी केटी साथीका बीच भएका यौनाचारका दृश्यहरु यु ट्युबमा राख्ने चलन पनि छ । तर, व्यावसायिक पोर्न सिनेमा योभन्दा पृथक कुरा हो । हामी सोच्दा हौं यस्ता सिनेमाका निर्देशक पनि बीसे⁄बाइसे पठ्ठाहरु मात्रै होलान् । तर, होइन पोर्न निर्देशक ८० वर्षको हाराहारीका पनि छन् र थुप्रै महिला पनि छन् । नेपालको परिवेशमा भने घोषितरूपमा अर्चना पनेरु र बिन्दु परियारको नाम यो क्षेत्रसित जोडिएको पाइन्छ ।

विश्वविख्यात पोर्न कलाकार क्वाराले अन्तर्वार्ताका क्रममा भनेकी छिन्– ‘अन्य सबै किसिमका कार्य र पोर्न कलाकारिता उस्तै–उस्तै कर्म हुन् । अन्य कर्ममा कार्य गर्नेले लुगा लगाएका हुन्छन् भने पोर्न कलाकार लुगाविहीन हुन्छन् । यतिमात्र पृथकता हो पोर्न कलाकारिताको ।’

डबल एक्स र ट्रिपल एक्स गरी दुई प्रकारका पोर्न सिनेमा देखिए पनि पोर्न भन्नासाथ हामी ट्रिपल एक्स सिनेमा बुझ्छौं । छिमेकी देश भारतमा डबल एक्स सिनेमालाई कानुनीरूपमै मान्यता दिइएको छ । जहाँ नारी कलाकारको कमरदेखि माथिको अगाडि र पछाडिको पूरै भाग खुला देखाइएका दृश्ययुक्त सिनेमालाई ‘केवल वयस्कों के लिए’ भनेर सेन्सर बोर्डले स्वीकृति दिएको पाइन्छ । हाम्रो देशमा भने महिलाको कमरदेखि माथिको पछिल्लो ढाडतिरको भागचाहिँ खुला भएका सिनेमाले मूलधारकै सिनेमाका रूपमा युनिभर्सल प्रमाणपत्र पाउने गरेका छन् ।


पोर्न कलाकार पोर्न कलाकारितालाई अन्य कर्मजस्तै सहजरूपमा लिन्छन् । विश्वविख्यात पोर्न कलाकार क्वाराले अन्तर्वार्ताका क्रममा भनेकी छिन्– ‘अन्य सबै किसिमका कार्य र पोर्न कलाकारिता उस्तै–उस्तै कर्म हुन् । अन्य कर्ममा कार्य गर्नेहरुले लुगा लगाएका हुन्छन् भने पोर्न कलाकार लुगाविहीन हुन्छन् । यतिमात्र पृथकता हो पोर्न कलाकारिताको ।’ भारतमा तेलगु सिनेमा वयश्क सिनेमा निर्माणका क्रममा अगाडि रहेको पाइन्छ जसलाई एडल्ट सिनेमा भन्ने गरिन्छ । नेपालमा घोषितरूपमै त्यस्ता सिनेमा नबने पनि नेपाली सर्ट मुभीका नाममा थुप्रै यौन विषयक सिनेमा यु ट्युबमा राखिएको पाइन्छ तर तिनलाई पोर्न सिनेमा भन्नु उपयुक्त हुँदैन ।


अश्लील सिनेमा, वयश्क सिनेमा, यौन सिनेमा, ब्लु सिनेमा पूर्णरूपमा एउटै वर्गमा पर्दैनन् । तर, सबैले मूल विषय भने यौनलाई बनाएका हुन्छन् । विशुद्ध पोर्न सिनेमामा आख्यान तत्व अति झीनो मात्र हुन्छ र कलात्मकता पनि भत्किएको हुन्छ । यसका पात्रहरु मानिसमात्र नभएर मानिसलगायत कुकुर, घोडा तथा अन्य जनवार पनि हुन्छन् र अप्राकृतिक यौनाचारका दृश्यहरु दिएका हुन्छन् । साहित्यमा झैं सिनेमामा प्रस्तुत भएका यौन मनोविज्ञानहरु पोर्न सिनेमामा अप्रत्यक्षरूपमा मात्र प्रस्तुत भएको पाइन्छ । तिनको उद्देश्य नै फरक हुन्छ ।


सन् १९१० तिर जर्मनीमा बनेको पोर्न सिनेमाका कलाकारहरू तथा निर्माताले प्रहरीको कडाइ पछि भूमिगत हुनुपरेको थियो । श्यामश्वेत यो सिनेमा १० मिनेट लामो थियो र कलाकार दुई जनामात्र थिए । एउटा पुरुषले एउटी मोटी स्त्रीका लुगा एक–एक गर्दै पूर्णरूपमा खोलेर स्त्रीको नग्न शरीरलाई पछाडिबाट छायांकन गरिएको थियो । सिल्भिया क्रिस्टल अभिनित यो सिनेमायता भने थुपै्र पोर्न सिनेमा बन्न थाले । राज्यले नै पोर्न सिनेमालाई उद्योगको रूपमा मान्यता दिन थाल्यो । यस्ता सिनेमाहरुमा राज्यले निर्माता, प्रदर्शक तथा कलाकारलाई ठूलो मात्रामा कर लगाएको हुन्छ ।

यसरी विक्रमको पहिलो शताव्दिमा नै उदाएको कामसूत्रलाई आधार मानेर शुरु भएको पोर्न प्रस्तुति सन् १८७० तिरदेखि नै स्थिर छायाँका रूपमा पोर्न दृश्यहरु खिचिन थालेका हुन् । आज त एप्स र इन्टरनेटको सहजीकरणले हरेक युवायुवतीको हात–हातमा भएको मोबाइलमा पोर्न सिनेमा आइपुगेका छन् । कतिपयका मोबाइलमा त आफैं पात्र भएका पोर्न दृश्यहरु पनि पाइन्छन् ।

नेपालमा पनि पोर्न सिनेमाका पक्ष र विपक्षमा थुप्रै बहस हुन थालेका छन् । विपक्षमा रहनेहरुले अब बुझ्ने बेला भयो यसको बन्देज आजको भू–मण्डलीकृत विश्वमा चाहेर पनि सम्भव छैन । अझ रोचक कुरा त के त भने माओत्से तुङको बलिदानी संघर्षले निर्माण गरेको साम्यवादी चीन आजको विश्वमा पोर्न सिनेमा निर्माणमा निक्कै अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्