गोल्डेन ग्लोब अवार्डमा यौन उत्पीडनको विरोध



अमेरिकाको क्यालिफोर्नियास्थित ब्रेवरी हिल्समा सम्पन्न ७५औं गोल्डेन ग्लोब अवार्डसमा हलिउडको यौन शोषण स्क्यान्डलले स्थान पाएको छ । हलिउडमा लगातार यौन स्क्यान्डल उजागर भएपछिको पहिलो र ठूलो अवार्ड समारोहमा यौन शोषणको विरुद्ध संसारभर चलिरहेको अभियानमा एकता प्रदर्शन गर्दै अधिकाशं हलिउड स्टार कालो कपडामा देखिएका थिए ।

रेड कार्पेटमा कालो कपडा पहिरिएका हस्तीहरु निकै आकर्षक देखिएका थिए भने उनीहरुले यौन शोषणविरुद्ध शक्तिशाली सन्देश दिएका थिए । यसपटक गोल्डेन ग्लोब लाइफटाइम अचिभमेन्ट अवार्डबाट अमेरिकन मिडिया प्रोपाइटर ओपरा विनफ्रेलाई सम्मानित गरियो । गोल्डेन ग्लोब लाइफ टाइम अचिभमेन्ट अवार्ड हुने उनी पहिलो अश्वेत महिला हुन् ।

समारोहको शुरुआत गर्दै कमेडियन होस्ट सेथ मेयर्सले फिल्म तथा टेलिभिजन हस्तीहरुलाई भने– ‘महिला तथा पुरुष सज्जनहरुलाई म स्वागत गर्न चाहन्छु। २०१८ मा यौन उत्पीडनको लागि कुनै ठाउँ छैन ।’

प्रतिक्रिया दिनुहोस्