कामना अवार्ड : कलाकर्मीको सम्मान



नेपाली चलचित्र क्षेत्रले आधा शताब्दीभन्दा लामो यात्रा तय गर्दा कामनाले ३४ वर्ष पूरा गरी ३५ वर्ष लामो गौरवमय यात्रा पूरा गरेको छ । चलचित्रकर्मी तथा कलाकर्मीको आग्रह र सुझावबमोजिम प्रकाशनको ३ दशक लामो यात्रा पार गरेको अवसरमा गत २०७१ सालदेखि नेपाली चलचित्र क्षेत्र तथा यससँग सम्बन्धित चलचित्रकर्मी र कलाकर्मीको मान, प्रतिष्ठा र प्रोत्साहनका खातिर कामनाले २०७१ सालदेखि कामना फिल्म अवार्डस्को आयोजना गर्दै आएको छ ।

गत ३ वर्षका निरन्तरता यस वर्ष पनि जारी रह्यो लक्स कामना फिल्म अवार्डस् २०७५ का रुपमा । छिमेकी मुलुक भारतका कलाकार र चलचित्रले पाएको सामाजिक प्रतिष्ठा र मान–सम्मानबाट लोभिएर नेपाली कलाकार र चलचित्रले पनि त्यस किसिमको प्रतिष्ठा पाउनुपर्छ भन्ने उद्देश्यले ३५ वर्षदेखि प्रकाशनमा आएको कामना सिने मासिकले अवार्ड कार्यक्रम पनि चलचित्र र त्यससँग सम्बन्धित कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकको प्रतिष्ठा वृद्धि तथा प्रोत्साहनका लागि गरिरहेको सर्वविदितै छ । कामना फिल्म अवार्डको थालनीसँगै यो क्षेत्रमा थप उत्साह जागेको महसुस कामनाले गरेको छ । साढे ३ दशक लामो पत्रकारिता यात्रा पार गर्दै नेपाली चलचित्र, चलचित्रकर्मी र कलाकर्मीको सेवा गरेको संस्थाले आयोजना गर्दै आएको अवार्ड कार्यक्रमप्रति यो क्षेत्रको चासो र साथ–समर्थन पनि मिलिरहेको छ ।

खासगरी कामानले कसैप्रति आग्रह र पूर्वाग्रह राखी अवार्ड प्रदान गर्नुनपर्ने तथा मान–सम्मान र प्रोत्साहनका लागि नै अवार्डको आयोजना गरेकाले यो अवार्डप्रति विश्वास र आदरभाव रहेको महसुस पनि कामनाले गरेको छ । यसका बाबजुद चलचित्र क्षेत्र र यससँग सम्बन्धित चलचित्रकर्मी र कलाकर्मीकै लागि गरिएको लक्स कामना फिल्म अवार्डस्मा समेत केहीले असहयोग गर्दै यो अवार्डको गरिमाप्रति खेलबाड गर्ने प्रयास गरेको महसुस यस वर्ष पनि कामनाले नगरेको होइन । र पनि नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा कामना पत्रकारितासँगै फिल्म अवार्डबाट समेत यो क्षेत्रको उन्नयन र समृद्धिका लागि दत्तचित्त रहिरहनेमा कुनै शंका छैन ।

सिजी लक्स कामना फिल्म अवार्डस् अहिले पनि सम्पूर्ण चलचित्रकर्मीका अवार्ड हो र यो अवार्ड सदा सर्वथा चलचित्रकर्मीकै अवार्डका रुपमा सम्पन्न हुनेछ । नेपाली चलचित्र र चलचित्रकर्मीको श्रीवृद्धि तथा उन्नयन र विकासका खातिर नै कामनाको जन्म भएको हो । नेपाली चलचित्रको विकास र उन्नतिका लागि कामनाको अर्को सार्थक कदम हो सिजी लक्स कामना फिल्म अवार्डस् । यो कदम यसै क्षेत्रसँग सम्बन्धित चलचित्रकर्मीबाट मात्र सफलरुपमा अगाडि बढिरहन सक्छ । चलचित्रकर्मीहरुबाट यो कदमको स्वागतसँगै सराहना पनि भइरहेको छ ।

यो अपार साथ र समर्थनलाई कामना र कामना फिल्म अवार्डस्ले ठूलो र महत्वपूर्ण ऊर्जाका रुपमा लिएको छ । कामनाले कामना फिल्म अवार्डस् भव्यतापूर्वक सफलरुपमा सम्पन्न गर्नका लागि जति धेरै कलाकर्मी र चलचित्रकर्मीको साथ र समर्थन हासिल गर्दै आएको छ, असहयोगी हातहरु त्यति नै थोरै रहेको महसुस गरेको छ । यस अर्थमा सहयोगी र समर्थक हातहरुका कारण कामना हरेक वर्षभैंm यस वर्ष पनि सिजी लक्स कामना फिल्म अवार्डस् भव्यरुपमा सम्पन्न गर्न सफल भएको छ । चलचित्र क्षेत्रको गरिमा र प्रतिष्ठाका लागि आयोजना हुँदै आएको कामना फिल्म अवार्डलाई मनैदेखि सघाउने चलचित्रकर्मी र कलाकर्मीको बलमा कामना फिल्म अवार्ड चलचित्रकर्मीकै अवार्डका रुपमा निरन्तर अगाडि बढेको छ र बढिरहनेछ । सहृदयी हात र साथका कारण कामना फिल्म अवार्ड नेपाली चलचित्र क्षेत्रको मानक फिल्म अवार्डका रुपमा स्थापित हुन सफल भएको छ । सम्मान चलचित्रको, उत्सव उत्कृष्टताको कामना फिल्म अवार्डको प्रमुख ध्येय हो । यो ध्येयलाई साकार रुप दिलाउनुुहुने सम्पूर्ण चलचित्रकर्मी र कलाकर्मीप्रति फेरि पनि हार्दिक बधाई एवं निरन्तर सफलताका लागि हार्दिक शुभकामना

प्रतिक्रिया दिनुहोस्