कामना फिल्म अवार्डस् शुरुमै सरप्राइज



सिजी लक्स कामना फिल्म अवार्डस् २०७५ ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा वर्षकै सानदार अवार्ड शोका रुपमा सम्पन्न भएको छ । समारोहमा अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्लले दर्शकको बीचबाट उठेर रमाइलोसँगै कार्यक्रमको शुरुआत गरेका थिए ।

कामना न्यूज पब्लिकेसन्स्ले सिजी इन्टरटेन्मेन्टको सहकार्यमा आयोजना गरेको सिजी लक्स कामना फिल्म अवार्डस् २०७५ ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा वर्षकै सानदार अवार्ड शोका रुपमा सम्पन्न भएको छ ।

कामना सिने मासिक ३४औं वर्ष पार गरी ३५औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा उत्कृष्टता, निष्पक्षता र पारदर्शिता भन्ने नाराका साथ भव्यरुपमा सम्पन्न अवार्ड समारोहमा अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्लले दर्शकको बीचबाट उठेर रमाइलोसँगै कार्यक्रमको शुरुआत गरेका थिए । कामना ३४ वर्ष पार गरी ३५ वर्ष लागेको अवसरमा उनीहरुले ह्याप्पी बर्थ डे गीत गाउँदा दर्शकले पनि साथ दिएका थिए । कार्यक्रम सञ्चालन गर्ने क्रममा अभिनेत्री गौरी मल्लले मर्मस्पर्शी कविता सुनाएकी थिइन् भने अभिनेता सरोज खनालले कवि नवराज पराजुलीको गहकिलो कवितामाथि शानदार प्रस्तुति दिएर दर्शकलाई मोहित तुल्याएका थिए ।

खनालले माला आर्ट एकेडेमीका विद्यार्थीका साथ प्रस्तुत गरेको कवितात्मक नाट्य प्रस्तुतिले दर्शकलाई भावुक बनाएको थियो । सरोज र गौरीले संयुक्तरुपमा अगाडि बढाएको कार्यक्रममा उनीहरुले कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड)का लागि उद्घोषण गरेका थिए । सम्मानित कलाकर्मीका बारेमा तयार पारिएको अडियो भिडियो सामग्री देखाइएपछि मात्र सो सम्मानबाट सम्मानित हुने कलाकर्मीका बारेमा थाहा पाएका सरोज र गौरी ती नाम सुनेर सरप्राइज भएका थिए ।

त्यसो त हरेक वर्षझैँ कामना फिल्म अवार्डस्को यो पछिल्लो संस्करण पनि सरप्राइज प्याकेजकै रुपमा सम्पन्न भएको थियो । अभिनेता अभिनेत्री सरोज र गौरी समारोहमा कार्यक्रम सञ्चालकका रुपमा प्रस्तुत हुनु पनि कार्यक्रमका सहभागीका लागि सरप्राइजको विषय थियो । कार्यक्रमको रुपरेखाअनुसार अँध्यारो हलमा भव्यताका साथ ठूलो आकारमा निर्माण गरिएको मञ्चमा जब विस्तारै प्रकाश बल्छ र निभ्छ अनि शुरु हुन्छ यस वर्षकै सानदार अवार्ड शो लक्स कामना फिल्म अवार्डस् २०७५ को शो ।

फिल्म अवार्डको कार्यक्रम भएकाले फिल्म थिएटरको शैलीमा शुरु गरिएको समारोहमा रेड कार्पेटको चमक दमकपछि हलभित्र मञ्चभरि छरिएर राखिएको बडेमानका एलईडी स्क्रिनमा फिल्म हलमा जसरी नै विभिन्न प्रचार सामग्री बजे । त्यसपछि फिल्म हलमा जस्तै मोबाइल साइलेन्समा राख्न र धुमपान नगर्न सूचना आयो । कार्यक्रमका सहभागीहरु यो सब देखेर फिल्म हेर्न आएजसरी नै रमाए । हुन पनि एलईडीमा देखिइरहेका सामग्री हेर्दा यस्तो लाग्थ्यो यो कुनै अवार्ड समारोह नभएर फिल्म शो हो । फिल्ममा जस्तै एलईडीमा सेन्सर सर्टिफिकेटदेखि कास्टिङसम्म देखियो ।

विशेष धन्यवाद, प्रायोजक संस्था, अफिसियल मिडियादेखि अवार्डको इभेन्ट कोअर्डिनेटर दिरेकलाल श्रेष्ठ, सदस्यहरु हरिहर शर्मा र विदुर गिरी, निर्देशकद्वय पुष्करलाल श्रेष्ठ र वसन्तकुमार चौधरीसम्मको कास्टिङपछि एलईडी स्क्रिनमा अवार्डको आयोजक संस्था कामना न्यूज पब्लिकेसन्स्ले हालसम्म गर्दै आएका विभिन्न गतिविधिको भिडियो जानकारी गराइयो । नेपाली फिल्म र कलाकार तथा प्राविधिकको सम्मानमा आयोजित अवार्ड समारोहमा फिल्म क्षेत्रले हालसम्म गुमाएका हस्तीहरुलाई पनि शुरुमै सम्झियो अडियो भिडियो सामग्रीमै, जसलाई हेरेर समारोहका सहभागीहरु भावुक भए ।

अनि शुरु भयो शानदार शो सुन्दर ब्ल्याक ब्युटी ट्रफी रिभिलका साथमा, जहाँ दर्शकदीर्घामा बसिरहेका सरोज र गौरीले दर्शकबीचबाटै उठ्दै कार्यक्रमको शुरुआत गरेका थिए । उनीहरुले दर्शकदीर्घादेखि मञ्चसम्म पुगेर रोचक शैलीमा कार्यक्रमलाई अगाडि बढाएका थिए भने कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) समर्पणका लागि उद्घोषण गरेका थिए

प्रतिक्रिया दिनुहोस्