मिलन चाम्स




विजेता : निर्देशक (लिलीबिली)

अवार्डअघि : अवार्ड कस्ले पाउँछ भन्ने गेस गर्दा चाहिँ मिलन चाम्स नै भन्नुपर्छ । किनभने लीलीबीली सारा नेपालीले गर्व गर्ने फिल्म बनेको छ । दर्शकले पनि धेरै मन पराएको फिल्म हो । सबै जना अवार्डको उत्तिकै भागीदार भएकोले अवार्ड नपाए पनि दुखी चाहिँ हुन्न ।

अवार्डपछि : कामना फिल्म अवार्र्डलाई मैले मात्र होईन, होल ईन्डिस्ट्रिले नै फेयर अवार्डको रुपमा लिएको छ । अन्य अवार्डजस्तो आलोचना हुने र भाईबन्धुहेर्ने अवार्ड होईन भनेर हामी मेकरहरु विच पनि यो अवार्डको कुरा भईरहेको हुन्छ । यसलाई ईन्डिस्टिकै प्रतिष्ठित अवार्डको रुपाम लिईन्छ । यस्तो अवार्ड पाउदा खुशी नलाग्ने त कुरा नै छैन । मैले अरु अवार्ड पनि पाएको छु। तर कामना अवार्ड पाउँदा विषेश खुशी छु। यसको ट्रफि पनि निकै राम्रो छ । म शुटिङको क्रममा मुस्ताङमा भएकोले अवार्ड समारोहमा अटेन्ड गर्ने प्रसाय गरे पनि सकिनं। अवार्ड पाउँछुभन्ने थाहा पनि थिएन ।

प्रतिक्रिया दिनुहोस्