विजेता : सर्वोत्कृष्ट फिल्म (लिली बिली)



अवार्डअघि : गोविन्द शाही (निर्माता)

यो फिल्म नेपालमा मात्र नभएर अमेरिका, लन्डन, जापानलगायत विभिन्न देशका दर्शकले निकै मन पराइदिनुभएको छ । नेपालमा यसले ५१ दिन मनाउन सफल भयो । लिली बिली र नोमिनेसनमा परेका सबै फिल्म उत्तिकै डिजर्भिङ छन् ।

अवार्डपछि : सुदीप खड्का (निर्माता)

कामना अवार्डले राइट चिजको राइट जजमेन्ट गर्दो रहेछ भन्ने लाग्यो । अरु अवार्डमा पनि बेस्ट फिल्मको नोमिनेसनमा लिली बिली परेको थियो तर अवार्ड भने जितेको थिएन । अन्य विधाको अवार्ड जिते पनि बेस्ट फिल्मको अवार्ड भने कामना अवार्डमै जितेको हो । कामना अवार्ड फेयर रहेछ । कामनाको ट्रफी उचाल्दा वन अफ द बेस्ट क्वालिटी लाग्यो ।

प्रतिक्रिया दिनुहोस्