राजाराम पौडेल




विजेता : हास्य कलाकार (म यस्तो गीत गाउँछु)

अवार्डअघि : मलाई अवार्डमा खासै इन्ट्रेस्ट लाग्दैन । अहिले अवार्डको नाममा पैसा कुम्ल्याउने काम मात्र भइरहेको देख्छु। तर कामनाको अवार्डमा भने मलाई विश्वास छ । अन्य अवार्डहरुमा केदार घिमिरेले जितिरहेको कारण उसले अवार्ड जित्छ कि जस्तो लाग्छ । मलाई आफूले अवार्ड जित्छुजस्तो लाग्दैन र मैले आफूलाई कहिल्यै पनि भोट हालेको छैन र हाल्दिनँ पनि ।

अवार्डपछि : अवार्डलाई लिएर त्यस्तो एक्साइटेड थिइनँ र अवार्ड आफूले पाउँछुभन्ने सोचेको पनि थिइनँ । अवार्ड पाउँदिनँ भन्ने लागे पनि अवार्डचाहिँ आफैले पाएँ । मैले एक पैसा पनि खर्च नगरी अवार्ड पाएँ, तर अरुले पाएको भए पनि बधाई दिन्थें ।

प्रतिक्रिया दिनुहोस्