शिवहरि पौडेल



विजेता : सहअभिनेता (शत्रुगते)

अवार्डअघि : सबै राम्रा कलाकार परेका कारण अवार्ड कसले जित्छ भन्न गाह्रो छ । नोमिनेसनमा पहिला पहिला पनि परिरहेको छु। तर मलाई अहिलेसम्म अवार्ड दिएका छैनन् र दिँदैनन् पनि । मैले चाहिँ अवार्ड जित्दिनँ र कसले जित्छ पनि थाहा छैन ।

अवार्डपछि : कामना अवार्डप्रति चाहिँ मलाई विश्वास लाग्यो । किनभने मैले अवार्ड पाउनका लागि कसैलाई पनि भनेको थिइनँ । अवार्ड पाउनका लागि चन्दा पनि दिनुपर्छ रे भन्ने मैले सुनेको थिएँ । तर मैले यो अवार्ड पाउनका लागि केही पनि गरेको थिइनँ । कामना अवार्ड जितेपछि नेपालमा पनि निष्पक्ष रुपमा अवार्ड वितरण हुँदो रहेछ भन्ने कुरा महसुुस गरेँ ।

प्रतिक्रिया दिनुहोस्