कुशाग्र भट्टराई




विजेता : बाल कलाकार (पिँजडा ब्याक अगेन)

अवार्डअघि : पिँजडा ब्याक अगेन मेरो फष्ट मुभी हो । फस्ट मुभीबाट नै कामना फिल्म अवार्र्डमा नोमिनेसनमा पर्दा खुसी लागेको छ । अनुभव रेग्मीको कामचाहिँ राम्रो लागेको थियो । तर सबै जना इक्वेल जस्तो लाग्छ । अवार्ड जसले जिते पनि ठीक छ, अलिअलिचाहिँ मैले नै जिते पनि हुन्थ्यो भन्ने लागेको छ ।

अवार्डपछि : अवार्ड मैले जिते नि ठीक छ अरुले जिते पनि ठीक छ भन्ने आइरहेको थियो । अर्कोतिर मैले मेहनत गरेकाले अवार्ड जित्छुकि जित्दनँ होला जस्तो लागिरहेको थियो । एक्साइटेडसँगै नर्भस पनि थिएँ । जब बेस्ट चाइल्ड आर्टिस्ट इज कुशाग्र भट्टराई भनेर मेरो नाम अनाउन्समेन्ट भयो म एकदमै ह्याप्पी भएँ र कुद्दै अवार्ड लिन स्टेजमा गएँ ।

प्रतिक्रिया दिनुहोस्