कान्छो उमेरमै जेठो काम



मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)

पुष्करलाल श्रेष्ठजी हाम्रा लागि कहिल्यै पनि बिर्सन नसक्ने नाम हो । हाम्रा लागि मात्र नभएर नेपाली चलचित्र, नेपाली रंगमञ्च र नेपाली कला साहित्यका लागि दिनुभएको योगदानका कारणले उहाँको नाम यो क्षेत्रले बिर्सिन सक्दैन ।

उहाँले सानो उमेरमा ठूलो काम गर्नुभयो । नाम कमाएका ठूल्ठूला पत्रिकाहरूको शुरुआत हुनुभन्दा अघि उहाँले नेपालको पहिलो आधुनिक पत्रिका कामना प्रकाशन गरेर कान्छो मान्छेले जेठो काम गर्नुभयो । त्यसपछि मात्र अरू समाचारपत्रको उदय भयो । उहाँले विशेष गरी चलचित्र रंगमञ्चको क्षेत्रमा योगदान दिनुभयो ।

त्यसबेला कामनामा छापिने चलचित्र, नाटकका सबै समाचार नाफादायी थिएनन् । कामना नै नेपालको पहिलो आधुनिक जेठो पत्रिका हो, जुन पुष्करलालजीले नेपाली कला, साहित्य र संस्कृतिको हितका लागि आफ्नो कलिलो उमेरदेखि नै शुरू गर्नुभयो । उहाँ पत्रकारितामा आउनुअघि एउटा कुशल खेलाडी पनि हुनुहुन्थ्यो । खेलाडीहरूले पनि उहाँलाई आदर गरेर सम्झिरहन्छन् । खेलको क्रममा लिगामेन्टमा समस्या भएपछि उहाँ खेल संसारबाट यो संसारमा आउनुभएको थियो । यदि उहाँलाई खेलमा डिस्ट्रब नभएको भए पत्रकारिता क्षेत्रमा आउन पाउनुहुन्थेन । यो घटनाचाहिँ नेपाली फिल्म कला संस्कृतिका लागि सुगम घटना मान्न सकिन्छ ।

कामना नै नेपालको पहिलो आधुनिक जेठो पत्रिका हो, जुन पुष्करलालजीले नेपाली कला, साहित्य र संस्कृतिको हितका लागि आफ्नो कलिलो उमेरदेखि नै शुरू गर्नुभयो ।

नेपाली फिल्म र कला संस्कृतिका लागि अनवरतरूपमा त्यो बेलादेखि अहिलेसम्म काम गर्नुभयो । त्यसबेला उहाँले निकाल्नुभएको पत्रिकामा सहयोग गर्ने सानैै मौका हामीले पनि पाएका थियौं, जुन अवसर हाम्रा लागि सधैं जीवित रहनेछ । त्यसबेला बेग्लाबेग्लै समयमा पाठकको प्रश्न मदनकृष्णको उत्तर र पाठकको प्रश्न हरिवंशको उत्तर भन्ने कोलम थियो । त्यसबाट हामीलाई कामनामार्पmत पाठकबाट धेरै प्रश्न आउँथे र हामीले कामनामार्फत नै उत्तर दिन्थ्यौं । त्यसबेला हाम्रो व्यस्तताको बाबजुद हामीले ४/५ वर्ष त्यो कोलम चलायौं ।

आजसम्मको इतिहास हेर्ने हो भने नेपाली चलचित्र र कला संस्कृतिका लागि अनवरतरूपमा पत्रपत्रिकाको माध्यमबाट सेवा गर्ने मान्छे बिरलै छन् । त्यति योग्य मान्छेलाई हामीले धेरै छोटो उमेरमा गुमाउनुपर्यो । उहाँ मिलनसार हुनुहुन्थ्यो । आफ्नो काममा लागिपरेपछि त्यसलाई पूरा गरेरै छोड्ने र नेपाली पत्रकारिताको बाटोमा जस्तोसुकै विचलित अवस्था आए पनि विचलित नहुने उहाँको विशेषता थियो । उहाँको पछिल्लो कृति हेर्दा उहाँमा साहित्यमा रुचि रहेछ । उहाँले कहिल्यै पनि कलाकारिता गर्नुभएन । तर कलाकारितामा लाग्नेहरूलाई संरक्षण गर्नुभयो । शुरूमा हामीबीच धेरै इन्टिमेसी थियो ।

पछिल्लो समय हामी धेरै व्यस्त भयांै र भेटघाट कम हुन थाल्यो । तर कहिलेकाहीं भेट हुँदा हामी पुरानै हिसाबमा कुराकानी गथ्र्यौं । त्यसकारण धेरै ग्याप भएको जस्तो कहिल्यै पनि फिल भएन । सधैं सौहर्दपूर्णरूपमा कुराकानी हुन्थ्यो । एकपटक हामी अमेरिकामा हुँदा उहाँ पनि उतै हुुनुहुँदो रहेछ । त्यो बेला एकमदै एक्साइडेट भएर फोन गर्नुभएको थियो । विदेशमा भेट हुँदा राष्ट्रप्रतिको मोह एकदमै धेरै देखिन्छ ।

उहाँ देशलाई पनि माया गर्ने मान्छे हो । सम्पन्न परिवारको मान्छे भए पनि स्थिर भएर नेपालमै बसिरहनुभयो । त्यो नै उहाँको विशेषता हो । हाम्रो कलाकारितामा स्ट्रगल पिरियड थियो । त्यो बेला उहाँको पनि पत्रकारितामा स्ट्रगल पिरियड थियो । त्यतिबेला काष्ठमण्डपनजिकै उहाँको घरमा जान्थ्यौं । त्यहाँ जाँदा उहाँको बुबाआमा, भाइ, छोराछोरी, मिसेसले आफ्नै घरमा गएजस्तो गर्नुहुन्थ्यो । हामीलाई पनि उहाँकै परिवारको मान्छे हौं जस्तो फिल हुन्थ्यो । उहाँसँग तिक्त घटना कहिल्यै घटेन ।

त्यसबेला कलाकारसँग फोटो खिच्ने चलन थिएन । तर कामनाले कलाकारलाई यति हाइलाइट गरिदियो कि यसले कलाकारको मूल्य नै बढाइदियो । त्यसकारण कलाकारले कहिल्यै पनि पुष्करलालको गुण बिर्सिनुहुन्न र बिर्सिनेछैन पनि ।

पहिलेपहिले पत्रपत्रिकामा कलाकारलाई स्थान दिइँदैनथ्यो । २०२६ सालमा मैले (मदनकृष्ण) नेपाल भाषाको गीत कम्पिटिसनमा प्रथम हुँदा राइजिङ नेपालमा सानो जम्मा ६/७ लाइनको सामाचार आएको थियो । किनभने त्यतिबेलाको समय नै त्यस्तो थियो । कलाकारलाई समाचारमा प्राथमिकता दिइँदैनथ्यो । गायकहरूको गीत सुनेर वाह! वाह! भन्थे, त्योभन्दा बढी हुँदैनथ्यो ।

२०४१ सालतिर पुष्करलाल श्रेष्ठ र अशोकमान सिंहले हामी मिलेर कामना नामको फिल्म पत्रिका निकाल्दै छौँ भन्नुभयो । मलाई (मदनकृष्ण) कलासम्बन्धी न्युज कसले पढ्ला र जस्तो लाग्थ्यो । चल्छ र यो भनें । उहाँले चल्छ दाइ चल्छ भन्नुभयो । नभन्दै पत्रिका निकाल्नुभयो, पत्रिका स्पिडली चल्यो । कामनामार्फत पाठकहरूको यति प्रश्न आउँथ्यो कि मेरो (मदनकृष्ण) कोठाभरि खामैखाम मात्र हुन्थे । एकजना मेरो साथीको भाइ हुनुहुन्थ्यो । उहाँले त्यो खाममा टाँसिएको टिकट नफाल्नुुस् है भन्नुभयो । मैले किन भनेर सोधें । उहाँले म ती स्ट्याम्पहरू बेच्छु भन्नुभयो । मैले ती सबै खाम राखिदिन्थें र उहाँले हरेक महिनामा आएर स्ट्याम्प जम्मा पारेर बेच्नुहुन्थ्यो । पछि स्ट्याम्प बेचेको पैसाले छोराछोरीको फि नै टर्यो भन्नुहुन्थ्यो । पुष्करजीले सबैको भन्दा बढी तपाईंहरूलाई पाठकको चिठी आउँछ भन्नुहुन्थ्यो ।

त्यसबेला कलाकारसँग फोटो खिच्ने चलन थिएन । तर कामनाले कलाकारलाई यति हाइलाइट गरिदियो कि यसले कलाकारको मूल्य नै बढाइदियो । त्यसकारण कलाकारले कहिल्यै पनि पुष्करलालको गुण बिर्सिनुहुन्न र बिर्सिनेछैन पनि । पुष्करजीले कामना अवार्ड पनि स्थापना गर्नुभएको छ । विभिन्न एक्टिभिटजमा सक्रिय मान्छे हो उहाँ ।

कामना पत्रिका चल्नु भनेको चुनौती थियो । तर उहाँले चलाउनुभयो । म (मदनकृष्ण) उहाँको घरनजिकै अट्कोनारायणस्थानमा भाडामा बस्थें । हाम्रो घनिष्ट सम्बन्ध थियो । कामनामा हाम्रा विषयमा न्युजहरू आइरहन्थे । यतिसम्म कि एकपटक त कामना पत्रिका नै मह जोडीको हो भन्ने प्रभाव परेको थियो ।

उहाँको रुचि खेलकुदमा पनि रहेछ । आनीबानी गर्छु भनेको काम गरेर देखाउनुपर्ने डिटरमिनेसन भएको मान्छे हुनुहुन्थ्यो उहाँ । सुगर प्रेसरजस्ता रोग रहेछ । तर कन्ट्रोल गरेर बस्नुभए पनि अचानक लाखौंमा एकलाई लाग्ने रोगका कारण उहाँको स्वर्गारोहण हुन पुग्यो । कम उमेरमा उहाँको निधन भयो । निश्चय पनि हामी सबैजना दुःखी छौं । उहाँ बिरामी भएका बेला हस्पिटलमा भेट्न गएका थियौं । उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो । मैले (मदनकृष्ण) पनि यही वर्ष क्यान्सरका कारण आफ्नी श्रीमती गुमाएँ ।

जिन्दगीमा भोग्नुपर्ने कुरामा पर्दोरहेछ यो । कसैका श्रीमान्ले भोग्छन् कसैका श्रीमतीले भोग्छन् । मैले त मृत्युलाई साधारणरूपमा स्वीकारिसकें । मेरी श्रीमतीले ६ वर्षसम्म क्यान्सरको पीडा भोगिन् । मैले मृत्युलाई औषधी रहेछ भन्ने सम्झें । पुष्करजीको परिवारले पनि यसरी लिनुपर्छ । उहाँको आमा पनि हुनुहुन्छ । आमालाई झन् कति पीर पर्यो होला । यो शोक भनेको ठूलो शोक हो । पुष्करलालजी आफ्नो बुबा भरतलाल श्रेष्ठ बितेको तीन वर्षमै बित्नुभयो, जसले गर्दा उहाँको परिवारमा ठूलो चोट पुगेको छ । भगवान्ले धैर्यधारण गर्ने क्षमता प्रदान गरून् ।

उहाँ भौतिकरूपमा हाम्रा अगाडि नभए पनि हाम्रो सम्झनामा उहाँ सधैँ हुनुहुन्छ । उहाँको योगदानलाई भावी पुस्ता र सम्पूर्ण पत्रपत्रिका जगत्ले कदर गर्दै उहाँले गर्नुभएको कामलाई निरन्तरता दिऊन् भन्ने हामी कलासंस्कृतिमा लागेका मानिसको आकांक्षा छ । त्यो आकांक्षा पूरा होस् ।

प्रतिक्रिया दिनुहोस्