शाक्यजी । गएको भदौ २८ को शनिबार अन्य शनिबारभन्दा सौन्दर्य प्रतियोगिताका दृष्टिले अविष्मरणीय बन्न पुगेको छ । हुनत सौन्दर्य प्रतियोगिताको मञ्चन राजधानी शहर काठमाडौंको दैनिकी जस्तै बन्न पुगेको छ । यद्यपि भदौ २८ को शनिबार मञ्चन भएका आधा दर्जन सौन्दर्य प्रतियोगिताले यो दिनलाई विशेष बनाइदियो ।
त्यस दिन आधा दर्जन सौन्दर्य प्रतियोगिताका लागि १ सय १ जना सुन्दरीले आ–आफ्नो प्रतियोगिताको मुख्य उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । जसमध्ये मिस टुरिजम वल्र्ड वाइड नेपाल २०१९ मा सर्वाधिक २७ जना युवतीबीच प्रतिस्पर्धा भएको थियो भने मिस नेसनल २०१९ मा सबैभन्दा कम ८ जना युवती प्रतिस्पर्धाको मैदानमा थिए । त्यो दिन राजधानी शहरका विभिन्न स्थानमा आधा दर्जन सौन्दर्य प्रतियोगिताबाट ११ जना शीर्ष उपाधि विजेता सुन्दरीको चयन भयो । त्यसमध्ये ८ जना शीर्ष उपाधि विजेता सुन्दरीले वर्ष २०१९ को क्यालेन्डरमा सञ्चालन हुने विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट ग्लोबल सुन्दरीहरुसित प्रतिस्पर्धा गर्ने आधिकारिता प्राप्त गरेका थिए ।
सोही दिन मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९, मिस ग्रान्ड नेपाल २०१९, मिस टुरिजम वल्र्ड वाइड नेपाल २०१९, मिस गुरुङ इन्टरनेसनल २०१९, मिस नेसनल २०१९ र मोडल हन्ट नेपाल २०१९ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको थियो । ती प्रतियोगितामा पूर्व मिस नेपालहरुको उपस्थिति पनि दमदार देखियो । मिस ग्रान्ड नेपाल २०१९ को फाइनल प्रतिस्पर्धामा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ निर्णायक थिइन् भने मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९ मा उनी कार्यक्रम सञ्चालक बनिन् ।
त्यस प्रतिस्पर्धाको निर्णायकमा पूर्व मिस नेपाल इभाना मानन्धर थिइन् । अर्कोतिर मोडल हन्ट नेपाल २०१९ को फाइनल प्रतिस्पर्धामा पूर्व मिस नेपाल उषा खड्गी निर्णायकको भूमिका देखिइन् । मिस ग्रान्ड नेपालअन्तर्गत मिस टुरिजम इन्टरनेसनल नेपाल २०१९ विजेता तथा मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९ विजेता दुवैलाई आस्था साखःले ताज पहि¥याएकी थिइन् । आस्था मिस टुरिजम इन्टरनेसनल नेपाल २०१८ र मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१८ हुन् । दुवै प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा आस्थाले नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी थिइन् ।
मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९ को फाइनल प्रतिस्पर्धा राजधानी शहरको बौद्धस्थित हायात रिजेन्सी होटलमा भएको थियो । जसमा प्रतिष्ठा साखःले मुख्य उपाधिको ताज आफ्नो शिरमा सजाउन सफल भएकी थिइन् । प्रतियोगितामा आस्था श्रेष्ठले ट्यालेन्ट अवार्डसहित मिस टुरिजम क्विन इन्टरनेसनल नेपाल २०१९ को ताज पहिरिएकी थिइन् भने अनिला लामाले मिस ग्लोबल ब्युटी क्विन इन्टरनेसनल नेपाल २०१९ को उपाधि चुमेकी थिइन् । ग्रुप अफ इभेन्ट इन्टरटे«नर्स, जिईईको आयोजनामा भएको प्रतियोगिताको कोरियोग्राफी अनुप सक्सेनाले गरेका थिए भने प्रतिस्पर्धीहरुको ग्रुमिङ र प्रशिक्षण रोजिन शाक्यले गरेका थिए । प्रतियोगितामा सन्दिपा विष्टले बेस्ट फिगर तथा बेस्ट इन गाउनको उपाधि जितेका थिए भने राजश्री केसी पपुलर र फोटोजेनिक विधामा विजेता चयन भइन् । प्रतियोगितामा आरजु जोशी फ्रेन्डशिप र श्रीजिता देउजा पर्सनालिटी विधाका विजयी भएका थिए ।
मिस एसिया प्यासिफक इन्टरनेसनल नेपाल प्रतियोगिताबाट प्रतिष्ठा साखःले फिलिपिन्सको पासे शहरस्थित न्युपोर्ट पर्फिमिङ आर्ट थिएटर अफ रिसोर्टस् वल्र्ड मनिलामा अक्टोबर ९ तारिखमा सम्पन्न भएको मिस एसिया प्यासिफिक इन्टरेनसनल २०१९ मा नेपालका तर्फबाट सहभागिता जनाइन् । यसै गरी आश्रा श्रेष्ठले नोभेम्बर २९ देखि डिसेम्बर ७ सम्म थाइल्यान्डको सामुत सोङख्राममा सम्पन्न हुने मिस टुरिजम क्विन इन्टरनेसनल २०१९ मा नेपालका तर्फबाट सहभागिता जनाउनेछिन् । अनिला लामाले भने दक्षिण कोरियाको सियोलमा आगामी डिसेम्बर १ देखि १५ मा हुने मिस ग्लोबल ब्युटी क्विन २०१९ मा नेपालका तर्फबाट सहभागिता जनाउनेछिन् ।
आरके इन्टरटेनमेन्ट ग्रुपको ब्यानरमा भएको मिस ग्रान्ड नेपाल २०१९ को ग्रान्ड फाइनल कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा भएको थियो । प्रतियोगिताको उपाधि दौडमा प्रिति पौडेलले मिस ग्रान्ड टुरिजम इन्टरनेसनल नेपाल, श्रद्धा सिलवालले मिस ग्रान्ड स्कुबा इन्टरनेसनल नेपाल, अस्मिता ढुंगानाले मिस ग्रान्ड ल्यान्डस्केप्स नेपाल तथा आशा कार्कीले मिस ग्रान्ड मल्टिनेसनल नेपालको उपाधि उचाल्न सफल भएका थिए । रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा प्रिति पौडेल फोटोजेनिक र ट्यालेन्ट विधाको अवार्ड पनि जित्न सफल भएकी थिइन् भने श्रद्धा सिलवाल मल्टिमिडिया, पर्सनालिटी र बेस्ट इन कल्चरल कस्ट्युम विधामा पनि उत्कृष्ट दरिइन् ।
त्यसै गरी आशा कार्कीले बेस्ट इन रिपोर्ट राइटिङको अवार्ड पनि हात पारिन् । प्रतिस्पर्धामा पूजा सिंह राजवंशीले बेस्ट वाक्, विमला निरौलाले बेस्ट बडी र कसिस शाशंकर कन्जिनियालिटी विधाको अवार्ड जित्न सफल भएका थिए । मिस ग्रान्ड नेपाल प्रतियोगिताबाट प्रीति पौडेलले नोभेम्बर ८ मा मलेसियास्थित सनवे रिसोर्ट होटल एन्ड स्पाको ग्रान्ड बलरुममा हुने मिस टुरिजम इन्टरनेसनल २०१९ को फाइनल प्रतिस्पर्धामा नेपालका तर्फबाट सहभागिता जनाउनेछिन् । यसैगरी श्रद्धा सिलवालले नोभेम्बर १६ तारिखमा मलेसियाको द मागेलान सुटेरा रिसोर्टमा हुने मिस स्कुबा इन्टरनेसनल २०१९ मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन् ।
यसैगरी अस्मिता ढुंगानाले चीनमा हुने मिस ल्यान्ड स्केप्स इन्टरनेसनल २०२० नेपालका तर्फबाट सहभागिता जनाउनेछिन् । आशा कार्कीले भने भारतमा हुने मिस मल्टिनेसनल २०१९ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यसै समयमा मध्यपुर ठिमीस्थित ह्वाइट प्यालेसमा मिस टुरिजम वल्र्ड वाइड नेपाल २०१९ भएको थियो । प्रतियोगितामा सिजल कुँवरले उपाधि आफ्नो शिरमा सजाउन सफल भइन् भने रिजा व्यञ्जनकार फस्ट र पूजा थापा सेकेन्ड रनर्सअप चयन भएका थिए । प्रतियोगिता परेली मिडिया प्रालिको आयोजना तथा इभेन्ट संसारको प्रस्तुतिमा भएको थियो भने मिस नेपाल इन्टरनेसनल तथा मोडल नीति शाह यस प्रतियोगिताका कोरियोग्राफर थिए । विजेता सिजल कुँवरले इन्डोनेसिया र सिंगापुरमा संयुक्तरुपमा भएको मिस टुरिजम वल्र्ड वाइड २०१९ मा नेपालका तर्फबाट सहभागिता जनाएकी छिन् ।
उता राजधानीकै होटल सोल्टी क्राउन प्लाजाको मेघा मल्हार हलमा सजाइएको ६० फिट लम्बाइ र १२ फिट चौडाइको ¥याम्पमा मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने २९ जना युवा तथा २६ जना युवतीबीचको रोमाञ्चक मोडलिङ प्रतिस्पर्धा मोडल हन्ट नेपाल २०१९ को शीर्ष उपाधिमा सुदीप वस्ती र खुशिका प्रसाईंले विजेताको अवार्ड उचाल्न सफल भए । पाँचौं सिजनको प्रतियोगितामा पुरुष विजेता सुदीपले बेस्ट फिजिक र फोटोजेनिक अवार्ड पनि जितेका छन् भने महिला विजेता खुशिकाले बेस्ट वाक्को अवार्ड आफ्नो नाममा सुरक्षित गरिन् ।
प्रतियोगितामा संसद शाह र ख्याति शर्माले फस्ट तथा अमन शाह र एलिना भुजुले सेकेन्ड रनर्सअपसम्मको यात्रा तय गरे । फेसन शो शैलीमा सम्पन्न प्रतियोगिता नेक्स्ट मोडल्स नेपालको ब्यानरमा भएको थियो । प्रतियोगिताको मुख्य प्रशिक्षक कोरियोग्राफर रोजिन शाक्य रहेका थिए भने कोरियोग्राफी भारतीय इन्टरनेसनल कोरियोग्राफर अभिमन्यु सिंह तोमारले गरेका थिए । ५ फरक फरक सिक्वेन्सअन्तर्गतको फेसन शोरुपी मोडल प्रतिस्पर्धामा सम्झना रावत र दिविश सिम्खडाले मोस्ट स्टाइलिस, ख्याति शर्मा र रुपेश दाहालले बेस्ट पर्सनालिटी, अनिल लिम्बु र सिमोना भट्टराईले मल्टिमिडिया, विभूशी उपाध्याय र क्याल्भिन कायस्थले पब्लिक च्वाइस अवार्ड जितेका छन् भने ऋतिक श्रेष्ठ र कुसुम रसाइलीले मस्ट पपुलर, अमन शाह र विभूशी उपाध्यायले सोसियली रेस्पोन्सिबल तथा क्याल्भिन कायस्थ र प्रतिष्ठा थापाले अर्गनाइजर च्वाइस अवार्ड जितेका थिए । यसै गरी एलिना भुजुले फोटोजेनिक, संसद शाहले बेस्ट वाक् र प्रतिष्ठा थापाले फिगरको अवार्ड जितेका छन् ।
गुरुङ समुदायका युवतीहरुमा लक्षित मिस गुरुङ इन्टरनेसनल २०१९ प्रतियोगितामा तनहुँकी बिनु गरुङ उपाधि विजेता भएकी थिइन् भने ओसिन गुरुङ फस्ट तथा अञ्जु गुरुङ सेकेन्ड रनर्सअप भएका थिए । मल्टिमिडिया विधाको अवार्ड मेरिजन गुरुङ तथा पब्लिक च्वाइस अवार्ड गीता गुरुङले आफ्नो नाममा सुरक्षित गरे । प्रतियोगिता मृगतृष्णा फेसन तथा प्रोडक्सनको ब्यानरमा राजधानीको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा सम्पन्न भएको थियो । प्रतियोगितामा सपना राईको कोरियोग्राफी रहेको थियो ।
राजधानीको मरुहिटीस्थित मरुहिटी ब्याङ्क्वेटमा भएको मिस नेसनल २०१९ प्रतियोगितामा नैना खड्गी शीर्ष उपाधिको ताज पहिरिन सफल भइन् भने उज्जला शाक्यले बेस्ट स्किन र मिस स्मार्ट अवार्डसहित फस्ट रनर्सअप तथा संगीता मगरले बेस्ट स्माइल र फ्रेन्डशिप विधाको अवार्डसहित सेकेन्ड रनर्सअप उपाधिमा आफ्नो नाम दर्ता गर्न सक्षम भएका थिए । मिस नेसनल २०१९ को ताज पहिरिएकी नैनाले प्रतियोगितामा बेस्ट ¥याम्पवाक, मस्ट ट्यालेन्टेड, मिस फोटोजेनिक, बेस्ट डे«स तथा सोसियल मिडिया एम्बेसडरको अवार्ड पनि आफ्नो नाममा पारेकी थिइन् । प्रतियोगिता रेक्स फेसन होमको ब्यानरमा सम्पन्न भएको थियो । प्रतियोगिताको कोरियोग्राफी उरुषा जोशीले गरेकी थिइन् ।