हट अदिति



बलिउडमा समेत चिनिएकी अदिति बुढाथोकीले कृ नामक फिल्ममा डेब्यु पाए पनि उनी माथि आउन नसकेकोमा यो हुइयाँलार्ई बेहद दुःख लागेको छ। यति सुन्दरी नायिका नायक अनमोल केसीको जोडी बनेर नेपाली रजतपटमा डेब्यु पाए पनि अनमोलकै कारण छायामा पर्दा हुइयाँलार्ई दुःख लाग्नु स्वाभाविक पनि हो।

कृ हेरेदेखि यो हुइयाँ उनको फ्यान भएको हो । कृमा उनले गरेको काममात्र होइन, उनको जिउडाल र सौन्दर्य सबैबाट यो हुइयाँ उनको पनि ठूलो प्रशंसक बन्न पुगेको छ। तर जतिसुकै राम्रो प्रतिभा र सौन्दर्य प्रदर्शन गरे पनि अनमोलजस्तो स्टारका अगाडि उनी छायामा पर्दा हुइयाँ दुःखी भएको थियो।

मुम्बईमा लगातार मोडलिङ गरिरहेकी अदिति कृबाट छायामा पर्दा यो हुइयाँ जति दुःखी थियो, हिजोआज उनले इन्स्टाग्राममा पोस्ट गरिरहेको उनको फोटोले चर्चा पाउँदा भने हुइयाँ दंगदास भएको छ। इन्स्टामा विभिन्न ब्रान्डका विज्ञापन पोस्ट गरेर राम्रो रकम आम्दानीसमेत गरिरहेकी उनी इन्स्टामा हिटसँगै हट भएको पाएपछि हुइयाँमा खुसीको सीमा नाघेको छ। केहीअघि मात्र उनले पोस्ट गरेको स्विमिङ पुलमा रमाएपछिको तस्वीरले उनका फ्यानसँगै यो हुइयाँको मुटुको ढुकढुकी बढेको छ।

प्रतिक्रिया दिनुहोस्